
हुनपनि चेम्बरले भक्तपुरमा उत्पादन हुने तोरीको तेल, जुजु धौ, कालो टोपी, ह्याण्डीक्राफ्ट, लोकल रक्सी लगायतका स्थानीय उत्पादनलाई ब्राण्ड बनाउनुपर्नेमा जोड दिँदै आएको छ । तालिम कार्यक्रम पश्चात् स्थानिय स्तरमा उत्पादित बस्तुलाई ब्राण्ड बनाएर अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने वातावरणको सिर्जना हुनेमा मानन्धर आशावादी छन् ।
त्यस्तै, व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले भक्तपुरमा उत्पादित बस्तुलाई अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्नसके समग्र देशमा हुने बस्तु आयातको दर कम हुने बताए । अहिलेको अवस्थामा निर्यात भन्दा अयात १० गुणाले बढीरहेको भन्दै राणाले यसप्रति चिन्ता व्यक्त गरे ।

तालिम कार्यक्रमलाई भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष न्हुछेरत्न मानन्धर र व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले संयुक्तरुपमा गरेका छन् । कार्यक्रममा भक्तपुर चेम्बर अफ कमर्सका सल्लाहकार रोशन भोयद्यो, विष्णु भक्त मारिखु लगायतको उपस्थिति थियो ।