गृहमन्त्री बालकृष्ण खाणकाे हातबाट जुस खाएर निहारिकाले ताेडिन् अनसन

काठमाडौं । न्याय माग गर्दै २७ जेठमा माइतीघर बात आमरण अनसन थालेकी कुमारी आमा भनि चिनिने महाेत्तरीको जलेश्वर नगरपालिका ९ की साेनाली कुमारी सिंह (निहारिका)ले अनसन तोडेकी छन् । निहारिका साथमा सहयोगी  र सरकारकारबीच पाँच बुँदे सहमति भएपछि उनले अनसन तोडेकी हुन् ।

राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णा पाैडेल खतिवडाकाे मुख्य  पहलमा  सरकारी प्रतिनिधिसँग सहमति भएपछि आज राति १०: ४५ मा बसन्तपुर गद्दी बैठक अगाडी उनले गृहमन्त्री बालकृष्ण खाणकाे हातबाट जुस खाएर अनसन ताेडेकी हुन् ।

दुवै पक्ष्य बीच भएको सहमतिपत्रमा गृह मन्त्रालयका सहसचिव शिवराम पाेखरेल, उपसचिव वसन्त भट्टराई, अनसनकर्ता निहारिका, सावित्री सुवेदी, सुनिता गाैतम र लाेग्शरी कुवरले हस्ताक्षर गरेका छन् ।

पाँच बुँदे सहमति निम्नस्नुसार रहेका छन् – 

१ .  प्रतिवादी शिवराम श्रेष्ठ र निहारिकाका छाेराकाे डीएनए परीक्षणकाे कानुनी प्रक्रिया अघि बढाउन पहल गर्ने

२ . निहारिका र निजकाे छाेराकाे सुरक्षा आवास व्यवस्थापनका लागि गृह मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत पहल गर्ने 

३. निहारिकाको आर्थिक सहायताका लागि गृह मन्त्रालयमार्फत पहल गर्ने 

४ . न्याय राज्यका सम्पूर्ण निकाय पीडितमैत्री बनाउन पहल गर्ने लगायतका सहमति दुई पक्षबीच भएकाे छ ।

 

Loading...