नेपालमा खाद्य स्वच्छता व्यवस्थापन प्रणालीबारे आन्तरिक अडिट सम्बन्धी तीनदिने तालिम सञ्चालन

 ललितपुर। नेपालमा खाद्य स्वच्छता व्यवस्थापन प्रणालीबारे आन्तरिक अडिट सम्बन्धी तालिम को र्ष सञ्चालन शुक्रबार गरिएको छ । खाद्य व्यवस्थापन परामर्श सेवा प्रदान गर्दै आएको “क्वालिटी एक्सेल” को आयोजनामा शुरु गरिएको तालिममा आइएसओ २२०००ः२०१८ को उपयोगिता सम्बन्धमा सहभागीहरुलाई विस्तृत जानकारी गराइएको छ । हिमाल, पहाड र तराईमा सञ्चालित विभिन्न खाद्य पदार्थ उत्पादन गर्दै आएका उद्योगका जिम्मेवार पदाधिकारीहरु सहभागी भएको तालिममा विज्ञ निर्बेक श्रेष्ठले आइएसओ २२०००ः२०१८ बारे विस्तृत जानकारी गराउनुभएको थियो । सनिल जोशीको संयोजन गर्नुभएको तालिम निकिता श्रेष्ठले परिचयात्मक टिप्पणी सहित सञ्चालन गर्नुभएको थियो । तलिमको दोस्रो दिन शनिबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत कृष्ण प्रसाद राईले नेपालमा खाद्य स्वच्छता सम्बन्धी मुद्दाहरु साथै नियन्त्रण प्रणाली विषयमा तालिम दिनु हुने बताइएको छ । यसैगरी आइतबार अन्तिम दिन नेपाल गुणस्तर तथा नापतौल विभागका निर्देशक संजीव कुमार ठाकुरबाट मन्तव्य सहित समापन गरिने आयोजक “क्वालिटी एक्सेल” ले जनाएको छ ।

Loading...