नेपाल वायुसेवा निगमको महाप्रवन्धकमा वरिष्ठ क्याप्टेन दिपु राज ज्वारचन नियुक्त

असार ९ , काठमाडौँ । नेपाल वायुसेवा निगमको महाप्रवन्धक पदमा निगमका वरिष्ठ क्याप्टेन दिपु राज ज्वारचनलाई नियुक्त गरिएको छ । नेपाल सरकार मन्त्रिपरिषदको असार ६ गते को निर्णय अनुसार उहाँलाई महाप्रवन्धकको जिम्मेवारी वहन गर्ने गरी नियुक्त गरिएको हो ।
 नवनियुक्त ज्वारचनले बिहिबार नै  आफ्नो पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणका अवसरमा उहाले सबैबाट पूर्ण सहयोग पाउने अपेक्षाका साथै समग्रतामा सुधारका लागि अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजना र सो को लागि रणनीति एवंम कार्ययोजना बनाई सबैलाई साथ लिएर अघि बढने धारणा व्यक्त गरे  ।

Loading...