काठमाडौँ महानगरले कोरनाकालमा पत्रकार तथा मिडिया हाउसलाई गरेको सहायोगको चर्चा , स्थानीय नेपाल भाषा सञ्चारलाइ दिगो बनाउने बारे छलफल 

     

काठमाडौँ  ।  काठमाडौँ महानगरले कोरनाकालमा पत्रकार तथा मिडिया हाउसलाई गरेको सहायोगको चर्चा  भएको छ  ।  नेपाल भाषा पत्रिका ‘ लहना ’ ले  आज बिहिबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा महानगरका पुर्व मेयर बिद्या सुन्दर शाक्यले महामारीका बीच  नेपाल भाषा आवद्द  सञ्चारकर्मी तथा मिडिया हाउसलाइ गरेका सहयोग बारे चर्चा भएको हो । 

विभिन्न सञ्चार गृहमा अवद्दा रहेका  सञ्चारकर्मीले कोरनाको महामारीमा पुर्व मेयर शाक्यले स्थानीय बिषयमा कलम चलाउने टेलिभिजन , रेडियो , पत्रिका र अनलाइ पत्रकारलाइ स्थानीय सरकारबात सक्दो सहयोग गरेकोमा धन्यवाद तथा प्रशंसा व्यक्त गरे  । 
पुर्व मेयर शाक्यले आफु महानगर प्रमुख हुदा स्थानीय नेपाल भाषाका सञ्चार गृहमा अवद्दा रहेका सञ्चारकर्मी गरेको सहयोग आफ्नो दायित्व भित्र रहेको बताए ।  शाक्यले आगामी दिनहरुमा पनि नेपाल भाषाका सञ्चार माध्यमलाइ सक्दो सहयोग गर्ने बचनवद्दता व्यक्त गरे ।
फरक प्रसंग जोड्दै शाक्यले भने ‘ हामीले महानगरलाइ ब्यबस्थित गर्न ५ बर्ष कार्यकालमा शिक्षा , स्वास्थय , सम्पदा पुनःनिर्माण , पूर्वाधार निर्माण जस्ता धेरै उदाहरणी कामहरु सम्पन्न गरिसकेका छौ ,  भने बाकि रहेका कामहरुका जग बसाली दिएका छौ , बर्तमान मेयर बालेल शाहलाइ ति कामहरु पुरा गर्न सहज हुने मैले बिस्वास लिएको छु ।  ’  
 
 
भिन्न सञ्चार गृहका संचालकले नेपाल भाषामा संचालन हुने टेलिभिजन , पत्रिका , रेडियो तथा अनलाइन समाचारमा बिज्ञापन अभावका कारण कतिपय बन्द भइसकेको र संचालमा रहेका पनि आर्थिक संकटका कारण दयनीय अवस्थामा गुज्रिनु परेको दुखेसो सुनाय ।  
Loading...