आजअन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करीविरुद्धको दिवस, नेपालमा ८० प्रतिशत दुर्व्यसनीको मुख्य कारण गाँजा

असार १२, काठमाण्डौ । आज अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करीविरुद्धको दिवस मनाइँदैछ । हरेक वर्ष जुन २६ तारिखलाई अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करीविरुद्ध दिवसका रूपमा मनाउने गरिन्छ ।

यसवर्ष ‘स्वास्थ्य र मानवीय सङ्कटका समयमा लागुपदार्थको चुनौतीतर्फ सम्बोधन’ भन्ने नाराका साथ मनाउन लागिएको छ । नेपालमा गाँजा र भाङ, अफिमलगायतको मिश्रण पदार्थलाई लागुऔषध मानिन्छ । गृह मन्त्रालयका अनुसार नेपालमा ८० प्रतिशत दुर्व्यसनीको मुख्य कारण गाँजा रहेको छ ।

सुरुमा चुरोट गाँजाबाट कुलतमा बस्ने र पछि कडा प्रकारका लागुऔषध प्रयोग गर्ने पाइएको लागुऔषध नियन्त्रण ब्युरोका डीएसपी फणिन्द्रप्रसाईँ बताउनुहुन्छ । दुर्व्यसन बढ्दै गएपछि गृह मन्त्रालयले रोकथाम तथा नियन्त्रण गुरुयोजना बनाएर लागू गरेको छ ।

 

Loading...