चैत १० ,काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा आज बिहीबार नेपाली राष्ट्रिय फुटबल टोलीले थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपालले फिफा वरीयतामा आफूभन्दा माथि रहेको थाइल्याण्डसँग खेल्न लागेको हो । थाइल्यान्डको चेनाबुरीमा हुने यो खेल नेपाली समयअनुसार साँझ पौने ६ बजे हुनेछ । सन् १९८७ यता तीन दशकको […]
Author: ननस्टप संवाददाता
प्रथम बागमती प्रदेशस्तरीय बक्सिङ्ग शुरु
चैत १० काठमाडौँ – १३ जिल्लाका ८६ पुरुष र २८ महिला खेलाडीहरुको सहभागिता रहेको प्रथम बागमती प्रदेशस्तरीय बक्सिंग छनौट खेलको उद्घाटन नेपाल ओलम्पिक कमिटिका सहमहासचिव श्री पिताम्बर तिम्सिनाको प्रमुख अतिथ्यमा शुरु भएको छ । उदघाटन कार्यक्रममा बोल्दै तिमिल्सिनाले अन्य ६ वटै प्रदेशहरुमा खेलकुदका गतिविधिहरु शुन्यप्रायः भईरहेको अवस्थामा बागमती प्रदेश खेलकुद परिषदले नमुना प्रदेशको रुपमा कार्य […]
युक्रेन माथि रुसी बमबारी: संसारभरिका मानिसलाई सडकमा उत्रन जेलेन्स्कीको अपिल
युक्रेन माथि रुसी सेनाले एक महिना देखि निरन्तर बमबारी जारीनै राख्दै गर्दा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संसारभरिका मानिसहरूलाई सडकमा उत्रिएर उनको देशप्रति समर्थन जनाउन अनुरोध गरेका छन्। राष्ट्रपति जेलेन्स्कीले आफ्नो दैनिक सम्बोधनका क्रममा केही बेर अङ्ग्रेजीमा बोल्दै उनले बिहिबार संसारभरिका मानिसलाई युक्रेनी प्रतीक लिएर सडकमा उत्रिएर युक्रेनप्रति समर्थन उत्रिन अपिल गरेका हुन्। “मार्च […]
भारतबाट बिजुली आयात रोकिएपछि औद्योगिक क्षेत्रमा लोडसेडिङ सुरू
चैत ९, काठमाडौँ – देश भरका औद्योगिक क्षेत्रमा ‘लोडसेडिङ’ सुरू भएको छ। युक्रेन र रुस बीच युद्दका कारण कोइला आपूर्वितिमा समस्या हुदा महंगिएको भारतीय विजुली प्राधिकरणले किन्न नसक्दा विद्युत आपूर्तिमा समस्या भएको हो । लगातार बिजुली अवरूद्ध भएपछि उद्योगीहरूले नेपाल विद्युत प्राधिकरणको ध्यानाकर्षण गराएका छन्। भारतमा कोइलाबाट बढी बिजुली उत्पादन गरिने गर्दछ भने , नेपालले […]
मन्त्री झाँक्रीबात ट्राफिक व्यवस्थापनका उपकरणहरू हस्तान्तरण
चैत ९,काठमाडौँ – शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले ट्राफिक प्रहरीलाई ट्राफिक व्यवस्थापनका उपकरणहरू हस्तान्तरण गर्नु भएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणको आयोजनामा भएको एक कार्येक्रममा मन्त्री झाँक्रीले आज बुधबार महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीलाई २० वटाह्वील लक तथा ८८ वटा म्याजिक लाईट हस्तान्तरण गर्नु भएको हो । उक्त […]
राष्ट्रपति जेलेन्स्कीले इसाई धर्म गुरुलाई शान्ति वार्तामा मध्यस्थताको भूमिका निर्वाह गर्नअपील
युक्रेनका राष्ट्रपति भोलिदिमीर जेलेन्स्कीले इसाई धर्म गुरुलाई रुससँगको शान्ति वार्तामा मध्यस्थताको भूमिका निर्वाह गर्न अपील गर्नुभएको छ । भर्चुअल सम्बोधन गदै राष्ट्रपति जेलेन्स्कीले रुसले जारी राखेको युद्ध अपराध रोक्नका लागि पोप फ्रान्सिसलाई मध्यस्थकर्ताको भूमिका निभाउन आग्रह गर्नुभएको हो । रुसको कब्जामा गएको मोरिउपो ल शहरमा १ लाख मानिस अमानवीय अवस्थामा फसिरहेको भन्दै राष्ट्रपति जेलेन्सीकले रुसले […]
जनजाति महासंघको दशौं महाधिवेशन आजदेखि सुरू हुँदै
चैत ९ , काठमाडौं ः नेपाल आदिवासी जनजाति महासंघको दशौं महाधिवेशन आजदेखि नवलपुरको कावासोतीमा सुरू हुँदैछ। कोरोना महामारीका कारण पटकपटक स्थगित हुँदै आएको महासंघको महाधिवेशन आजदेखि हुन लागेको हो। महाधिवेशन बुधबार दिउँसो १ बजे गृहमन्त्री बालकृष्ण खाँणले उदघाटन गर्ने कार्यक्रम रहेको महासंघ संघीय परिषदका अध्यक्ष जगत बरामले जानकारी दिए। बुधवारसम्म चल्ने महाधिवेशनमा देशभित्रका जातीय संगठनका […]
लेटाङ घटनाः स्थानीय त्रसित, पठनपाठन अनिश्चित
९ चैत्र ,काठमाडौं । मोरङको लेटाङ–५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयकी कालिकामाथि यौन दुव्र्यवहार प्रयासको घटनापछि उत्पन्न परिस्थितिले सो विद्यालयको पठनपाठन अनिश्चित बनेको छ । सुरक्षामा खटिएकी प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यानै जानेगरि भएको आक्रमणपछि विद्यालयको पठनपाठन अनिश्चत बनेको हो । विद्यालयका शिक्षक मनोज पोडेलले चैत ४ गते होलीका दिन सोही विद्यालयमा पढ्ने एक छात्राको […]
व्यापार घाटा घटाउने गरी नीति र कार्यक्रम बनाउन प्रधानमन्त्रीको निर्देशन
चैत ८, काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक अवस्थालाई सन्तुलनमा राख्ने गरी तथा व्यापार घाटा घटाउने गरी नीति र कार्यक्रम बनाउन सम्बद्ध सबैलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटामार मङ्गलवार आयोजित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिनुभएको हो । प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले […]










