चैत ९, काठमाडौँ – देश भरका औद्योगिक क्षेत्रमा ‘लोडसेडिङ’ सुरू भएको छ। युक्रेन र रुस बीच युद्दका कारण कोइला आपूर्वितिमा समस्या हुदा महंगिएको भारतीय विजुली प्राधिकरणले किन्न नसक्दा विद्युत आपूर्तिमा समस्या भएको हो ।

लगातार बिजुली अवरूद्ध भएपछि उद्योगीहरूले नेपाल विद्युत प्राधिकरणको ध्यानाकर्षण गराएका छन्। भारतमा कोइलाबाट बढी बिजुली उत्पादन गरिने गर्दछ भने , नेपालले दैनिक ४ सय मेगावाटको हाराहारीमा बिजुली भारत संग खरिद गर्दै आएको छ।
नेपालमा विद्युत उत्पादन मागभन्दा बढी भएको र खेर गइरहेको भनाइ आइरहँदा प्रदेश १ को औद्योगिक क्षेत्रमा विद्युत आपूर्ति बन्द हुन पुगेको परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले बुधबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई लेखेको पत्रमा भनिएको छ।
भारतीय इनर्जी एक्सचेन्ज (आइइएक्स)मार्फत प्रतियुनिट औसतमा दुई रुपैयाँ ९९ पैसादेखि तीन रुपैयाँमा खरिद गरिरहेको विद्युत्को न्युनतम मूल्य नै भारु २० पुगेको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराई बताउ छन् । भ्याटसहित, चुहावट र प्रसारण लाइन शुल्क जोड्दा ३६ रुपैयाँ प्रतियुनिट पर्ने देखिएको छ ।