युक्रेन माथि रुसी बमबारी: संसारभरिका मानिसलाई सडकमा उत्रन जेलेन्स्कीको अपिल

युक्रेन माथि रुसी सेनाले एक महिना देखि निरन्तर बमबारी जारीनै राख्दै गर्दा  युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संसारभरिका मानिसहरूलाई सडकमा उत्रिएर उनको देशप्रति समर्थन जनाउन अनुरोध गरेका छन्।   राष्ट्रपति जेलेन्स्कीले आफ्नो दैनिक सम्बोधनका क्रममा केही बेर अङ्ग्रेजीमा बोल्दै उनले बिहिबार संसारभरिका मानिसलाई  युक्रेनी प्रतीक लिएर सडकमा उत्रिएर युक्रेनप्रति समर्थन उत्रिन अपिल गरेका हुन्। 

  “मार्च २४ मा युद्ध रोक्न चाहने सबैजना एकत्रित हुनुस्।  ” उनले भने, “तपाइँहरू आफ्ना सहरका चोक तथा सडकमा आउनुस्। देखिनुस् र सुनिनुस्। मानिसको जीवनको महत्त्व छ, स्वतन्त्रताको महत्त्व छ, शान्तिको महत्त्व छ अनि युक्रेनको महत्त्व छ भनेर बोल्नुस्।”

रुसले युक्रेनको तन्त्रताविरुद्ध युद्ध छेडिरहेको पनि बताउदै  रुसको मानवता बिपरित निर्मम र मुढे बललाई संसारले रोक्नुपर्ने उनले बताए ।

Loading...