प्रथम बागमती प्रदेशस्तरीय बक्सिङ्ग शुरु

चैत १० काठमाडौँ –   १३ जिल्लाका ८६ पुरुष र २८ महिला खेलाडीहरुको सहभागिता रहेको प्रथम बागमती प्रदेशस्तरीय बक्सिंग छनौट खेलको उद्घाटन नेपाल ओलम्पिक कमिटिका सहमहासचिव श्री पिताम्बर तिम्सिनाको प्रमुख अतिथ्यमा शुरु भएको छ । उदघाटन कार्यक्रममा बोल्दै तिमिल्सिनाले अन्य ६ वटै प्रदेशहरुमा खेलकुदका गतिविधिहरु शुन्यप्रायः भईरहेको अवस्थामा बागमती प्रदेश खेलकुद परिषदले नमुना प्रदेशको रुपमा कार्य गदै आएकोमा बधाई ज्ञापन गनु भएको थियो र खेलाडीहरुलाई सफलताको शुभकामना व्यक्त गनु भएको थियो । उदघाटन समारोहमा विशिष्ट अतिथि नेपाल बक्सिंग संघका अध्यक्ष श्री राम अवालेले सम्पुर्ण खेलाडीहरुलाई अनुशासित रुपमा खेल खेल्न र रेफ्री जजहरुलाई निश्पक्ष रुपमा खेल खेलाउन आग्रह गर्दै सम्पुर्ण अभिभावकहरुलाई आप्mना छोरा छोरीहरुलाई खेलमा लगाउन आग्रह गनु भएको थियो । प्रदेश सदस्य सचिव श्री सूर्य लाल भण्डारीले आफु खेलाडी भएको समयमा खेलकुदमा लाग्न अभिभावकहरुले सुरक्षित महसुस नगरेको भए पनि अहिलेको समयमा खेलाडीहरु सुरक्षित भएको र प्रदेश खेलकुद परिषदले खेलाडीहरुको ३० लाखसम्मको जीवन विमा गरिएको जानकारी गराउदै खेलाडीहरुको पक्षमा महत्वपुर्ण कार्य गर्न प्रदेश सक्षम रहेको जिकिर गनु भएको थियो । यो सफलताको पछाडी बागमती प्रदेश खेलकुद युवा तथा खेलकुद मन्त्रीज्यूको महत्वपूर्ण योगदान रहेको जानकारी गराउनु भयो । नेपाल बक्सिंग संघका केन्द्रिय सदस्य श्री मान बहादुर भण्डारीको सभापतित्वमा शुरु भएको कार्यक्रममा स्वागत मन्तव्य दिदै प्रदेश बोर्ड सदस्य श्री धनकुमार मैनालीले खेलकुद मन्त्री रत्न प्रसाद ढकाल र सदस्य सचिव श्री सूर्यलाल भण्डारीको कामको राम्रो समन्य भएकोले बागमती प्रदेशले अन्य प्रदेशभन्दा राम्रो काम गर्न सफल रहेको जानकारी गराउनु भयो । कार्यक्रममा नेपाल बक्सिंग संघका उपाध्यक्ष श्री नरेन्द्र पोमो, नेपाल बक्सिंग संघका केन्द्रिय सदस्य पुष्कर राज पन्त, प्रमुख प्रशिक्षक प्रकाश थापामगरकाभ्रे जिल्ला प्रशासन प्रमुख लगायत सम्पूर्ण सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।
आज शुरु भएका उद्घाटन शत्रका प्रारम्भिक खेलहरुमा पुरुष ६० किलो तौल समुहमा ललितपुरका निशान दासले सिन्धुलीका गर्ज बहादु सुनारलार्य एबिडीको आधारमा पराजित गरे । सोहि तौल समुहमा मकवानपुरका अनिश पुलामीले काभ्रेका भक्त बहादुर क्रिग्रिंन मगरलाई पराजित गरे । ६० किलो तौलसमुहमै रामेछापका सुरेश कुमार भण्डारीले दोलखाका अनिस घिसिंगलाई पराजित गरे ।
। ६३.५ किलो तौल समुहमा काभ्रेजिल्लाका रिजन गुरुङ्गले सिन्धुपाल्चोकका अरविन पन्जियारलाई दोस्रो राउण्डमा आरएससीको आधारमा पराजित गरेका थिए । सोहि तौल समुहमै मकवानपुरका संकल्प विक्रम अधिकारी र भक्तपुरका नीरज गौतम बीच भएको भिडन्तमा ३ः२ को स्पिलट डिसिजनमा भक्तपुा नीरज विजयी भएका थिए । फेदर वैट ५७ किलो तौल समुहमा भएको अर्को भिडन्तमा भने काठमाण्डौका सुरज महर्जन र मकवानपुरका सुदेश मानन्धर विजयी भए । उनिहरुले क्रमशः काभ्रेका बुद्ध ग्याम्जो लामा र सिन्धुपाल्चोकका निकेश भुजेललाई पराजित गरेका थिए । सोही तौल समुहमा भएका अर्को दुई प्रतिष्पर्धाहरुमा रामेछापका तल बहादुर छ्याङ्गत्याङले धादिंगका चन्द्र शेखर तामाङ्गलाई र ललितपुरका रोशन अछामीले चितवनका बसन्त विश्वकर्मालाई पराजित गरेका थिए ।
Loading...