अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा आज नेपाल र थाइल्याण्ड बीच प्रतिस्पर्धा हुने

चैत १० ,काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा आज बिहीबार नेपाली राष्ट्रिय फुटबल टोलीले थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ ।

एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपालले फिफा वरीयतामा आफूभन्दा माथि रहेको थाइल्याण्डसँग खेल्न लागेको हो ।  थाइल्यान्डको चेनाबुरीमा हुने यो खेल नेपाली समयअनुसार साँझ पौने ६ बजे हुनेछ ।

सन् १९८७ यता तीन दशकको अन्तरमा  नेपालले थाइल्यान्डविरुद्ध  खेल्न लागेको हो । यस अघि नेपालले थाइल्यान्डविरुद्ध दुई खेल खेल्दा दुवैमा पराजित भएको थियो । 

नेपालले एफसीसँग चैत १३ गते थाइल्यान्डको चोनबुरी प्रतिस्पर्धा गर्नेछ ।

नेपाली राष्ट्रिय पुरुष फुटबल टोली दुई मैत्रीपूर्ण खेलका लागि सोमबार थाइल्यान्ड प्रस्थान गरेको थियो ।

Loading...