तातोपानी नाकाबाट रासायनिक मल भित्रियो

चैत १०,काठमाडौं । चीनसँगको प्रमुख व्यापारिक नाका मानिने तातोपानीबाट रासायनिक मल नेपाल भित्रिएको छ ।

 तातोपानी भन्सार कार्यालयका अनुसार यो नाकाबाट बुधबार २ सय ३२ मेट्रिक टन युरिया मल भित्रिएको छ ।

चीनबाट १० हजार मेट्रिक टन रासायनिक मल आयात गर्न शिल्क मार्केटले जिम्मेवारी पाएको थियो ।

 शिल्क मार्केटले  बोलपत्र पाएपछि ६ महिनाअघि पहिलो पटक एक हजार ५ सय मेट्रिक टन मल ल्याइसकेको छ । बाँकी आठ हजार ५ सय मेट्रिक टन मल पनि ल्याइने शिल्कले जनाएको छ ।

Loading...