लेटाङ घटनाः स्थानीय त्रसित, पठनपाठन अनिश्चित

९ चैत्र ,काठमाडौं ।
मोरङको लेटाङ–५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयकी कालिकामाथि यौन दुव्र्यवहार प्रयासको घटनापछि उत्पन्न परिस्थितिले सो विद्यालयको पठनपाठन अनिश्चित बनेको छ ।

सुरक्षामा खटिएकी प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यानै जानेगरि भएको आक्रमणपछि विद्यालयको पठनपाठन अनिश्चत बनेको हो । विद्यालयका शिक्षक मनोज पोडेलले चैत ४ गते होलीका दिन सोही विद्यालयमा पढ्ने एक छात्राको घरमा गएर पानी खाने बहानामा यौन दुव्र्यवहारको प्रयास गरेका थिए ।

Loading...