काठमाडौँ, २३ बैशाख। काठमाडौँ महानगरपालिकामा मेयर पदमा नेपली कांग्रेसको तर्फबाट उमेदवार बनेकी सिर्जना सिंहलाइ बुद्धिजीवी समाजले विभिन्न सुझाव दिएकाे छ।महानगरको भित्रि शहरमा रहेका नेवा: समुदायका ज्यापु बुद्धिजीविहरुको भेलामा बिहिबार सिंहलाइ नजिकिएको निर्वाचन र आउदा दिनमा गर्नुपर्ने दायित्व तथा जिम्मेवारीका विषयमा विभिन्न सल्लाह तथा सुझाव दिइएकाे हाे। ज्यापु संस्कृति बिकास कोषका उपध्क्ष सन्तलाल महर्जनले संचालन गरेको […]
Author: ननस्टप संवाददाता
किर्तिमानी कल्पना संस्कृति शिरोमणी जोशीज्युको “कदम पुरस्कार २०७९” बाट सम्मानित
बैशाख २३ , ललितपुर । “…. उनी एक पत्रकार नारी, जो भइन सगरमाथा २ पटक आरोहण गरि, विश्व किर्तिमान स्थापित गर्ने विश्वका पहिलो ” स्त्रीरत्न ” उनी भइन अनि २१औं शताब्दी ई.की बीराङ्गना…..” ४ दशक अगावैदेखि संस्कृति र ईतिहासको खोजमूलक रोलम्बा प्रकाशन गर्दै आएको जोशी रिसर्च इन्ष्टिच्युट्को आयोजनामा सम्पन्न “कदम पुरस्कार २०७९”मा पुरस्कृत […]
सम्पदा संरक्षणकै पक्षमा आफु सधैं रहेको महर्जनको दावी
बैसाख २३ , काठमाडौं । आसन्न स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिका वडा १८ मा वडाध्यक्ष पदका प्रत्याशी चन्द्र महर्जनले आफु जहिल्यै सम्पदा संरक्षणको पक्षमा वकालत गर्दै आएको दावी गरेका छन् । आज काठमाडौंमा १८ वडाका लागि गठबन्धन दलका उम्मेदवारहरु र पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महर्जनले कतिपय अवस्थामा आफुले सम्पदाको मापदण्डभित्र बसेर काम गरौं भन्दा आफुलाई […]
प्रहरी महानिरीक्षक नियुक्तविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’ मा
वैशाख २१ , काठमाडौँ । सर्वोच्च अदालतले नेपाल प्रहरीका महानिरीक्षक नियुक्तविरुद्धको मुद्दा बुधबार ‘हेर्दाहेर्दै’मा राखेको छ । बुधबार न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले सुनुवाइ नसकिएपछि मुद्दा ‘हेर्दाहेर्दै’ राखिएको हो । मन्त्रिपरिषद् बैठले नेपाल प्रहरीको आईजीपीमा धिरजप्रताप सिंहलाई नियुक्त गरेपछि असन्तुष्ट भएका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले यहि वैशाख १९ मा सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो […]
रातो मच्छिन्द्रनाथको रथयात्रा शुरु, आज पुल्चोकबाट रथ तानेर गाःबहाल पुर्याइने
बैशाख २१, काठमाण्डौ – ललितपुरको प्रसिद्ध रातो मच्छिन्द्रनाथको रथयात्रा शुरु गरिँदैछ । कोरोना महामारीका कारण दुई वर्ष रोकिएको रथयात्रा यसपालि भने हुन लागेको हो । आज बेलुका पुल्चोकबाट रथ तानेर गाःबहाल पु¥याइने छ । आज गाःबहालका स्थानीयबासिन्दाले पर्वकै रुपमा आज भुज्याः मनाउँदछन् । वर्षा र सहकालका देवताका रुपमा पुजिने रातो मच्छिन्द्रनाथको रथ अहिले पुल्चोकमा राखिएको […]
पूर्वी नवलपरासीको हुप्सेकोटमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप ः चार जना घाइते
बैशाख २१, काठमाण्डौ – नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को हुप्सेकोट गाउँपालिकामा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको छ । गएराति भएको झडपमा नेपाली कांग्रेसबाट गाउँपालिकामा अध्यक्षका उम्मेदवार लक्ष्मीदेवी पाण्डेसहित ४ जना घाइते भएका छन् । उम्मेदवार पाण्डे चढेको ग ३ च १६०६ नम्बरको गाडी पनि तोडफोड भएको छ । घाइतेलाई मध्यविन्दु जिल्ला अस्पतालमा उपचारपछि चितवन पठाइएको […]
निर्वाचन आचारसंहिता कार्यान्वयनमा कडाइ, कांग्रेस र माओवादी केन्द्रसँग जवाफ माग
बैशाख २१, काठमाण्डौ – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयनमा कडाइ गरेको छ । साथै सत्तारुढ कांग्रेस र माओवादी केन्द्रसँग जवाफ समेत माग गरेको छ । निर्वाचनमा प्रचार गरिएको पर्चाको विषयलाई लिएर आयोगले कांग्रेसलाई तीन दिनभित्र जानकारीसहितको जवाफ माग गरेको गरेको हो । पार्टीको केन्द्रीय प्रचार प्रसार समितिको नामबाट ‘ओलीजी गफ गर्छन्, हामी काम गर्छौं, रुख […]
एक लाख ४५ हजार उम्मेदवारको अन्तिम नामावली सार्वजनिक (सूचीसहित)
काठमाडौं- निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएकाको अन्तिम नामावली सार्वजनिक गरेको छ। आयोगले वैशाख २० गते साँझ ६ बजेसम्म प्राप्त सूची सार्वजनिक गरेको जनाएको छ। यद्यपी यो सूची थपघट हुन सक्ने आयोगको भनाइ छ। आयोगका अनुसार वैशाख ३० मा हुने निर्वाचनका लागि १ लाख ४५ हजार ९२ जना उम्मेदवारको नाम र पदसहितको विवरण सार्वजनिक […]
लक्ष्यअनुसार मतपत्र छपाइको काम सकियो, ६५ जिल्लामा ढुवानी
बैशाख २१, काठमाण्डौ – वैशाख ३० गते हुने पालिका चुनावका लागि लक्ष्य अनुसार मतपत्र छपाइको काम सकिएको निर्वाचन आयोगले जनाएको छ । यसअघि नै पालिका चुनावका लागि १ करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान गरिएको थियो । आयोगका उपसचिव ऋषिराम भुषालका अनुसार लक्ष्य अनुसारको मतपत्र छपाइको काम सकिएको छ । केही पालिकाको पुनः छाप्नुपर्ने […]
कांग्रेसले आज विराटनगरमा चुनावी सभा गर्दै
काठमाडौं । नेपाली कांग्रेसले आज मोरङको विराटनगरमा चुनावी आमसभा गर्ने भएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल र महामन्त्री विश्वप्रकाश शर्मालगायतले चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । विराटनगर महानगरपालिकामा गठबन्धनबाट कांग्रेसका नागेश कोइराला मेयर उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । कांग्रेसले साताव्यापी चुनावी आमसभा आजदेखि सुरू गर्दैछ । यस्तै भोलि […]









