पूर्वी नवलपरासीको हुप्सेकोटमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप ः चार जना घाइते

बैशाख २१, काठमाण्डौ –  नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को हुप्सेकोट गाउँपालिकामा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको छ । गएराति भएको झडपमा नेपाली कांग्रेसबाट गाउँपालिकामा अध्यक्षका उम्मेदवार लक्ष्मीदेवी पाण्डेसहित ४ जना घाइते भएका छन् ।

उम्मेदवार पाण्डे चढेको ग ३ च १६०६ नम्बरको गाडी पनि तोडफोड भएको छ । घाइतेलाई मध्यविन्दु जिल्ला अस्पतालमा उपचारपछि चितवन पठाइएको छ । पाण्डे २०७४ सालमा भएको पालिका चुनावमा हुप्सेकोट गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको थियो । झडपपछि उत्पन्न अवस्थालाई शान्त पार्ने प्रयास भैरहेको र विभिन्न दलका प्रतिनिधिबीच समन्वय गरिरहेको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताउनुभयो ।

Loading...