कांग्रेसले आज विराटनगरमा चुनावी सभा गर्दै

काठमाडौं ।  नेपाली कांग्रेसले आज मोरङको विराटनगरमा चुनावी आमसभा गर्ने भएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल र महामन्त्री विश्वप्रकाश शर्मालगायतले चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

विराटनगर महानगरपालिकामा गठबन्धनबाट कांग्रेसका नागेश कोइराला मेयर उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

कांग्रेसले साताव्यापी चुनावी आमसभा आजदेखि सुरू गर्दैछ । यस्तै भोलि बिहीबार चितवनमा हुने सभामा सभापति देउवा, नेता पौडेललगायत नेताले सम्बोधन गर्नेछन् ।

वैशाख २३ गते काठमाडौंमा हुने चुनावी सभालाई सभापति देउवासहित अन्य शीर्ष नेताले सम्बोधन गर्नेछन् । वैशाख २४ मा बुटवलमा, तनहुँको दमौली र जनकपुरमा सभा हुने कांग्रेसले जनाएको छ । सो सभामा सभापति देउवा, नेता पौडेल, महामन्त्री गगन थापालगायत वक्ता रहनेछन् ।

यसैगरी, वैशाख २५ गते पोखरा र दाङमा चुनावी सभा हुनेछ । वैशाख २६ गते कैलालीको धनगढीमा सभा हुँदा वैशाख २७ गते डडेल्धुरामा सभा हुनेछ ।

नेपाली कांग्रेसले स्थानीय तह चुनाव केन्द्रित देशका विभिन्न स्थानमा चुनावी सभा गर्ने निर्णय गरेको हो ।

वैशाख ३० गते देशभर एकै चरणमा स्थानीय तहको निर्वाचन हुँदैछ ।

Loading...