बिएलई र एसईईका उत्कृष्ट दशसहित उतीर्ण सबैलाई एनप्याब्सन भक्तपुरको सम्मान

भक्तपुर । अधिकांश संस्थाहरूले एसईईमा ४ जिपिए ल्याउने विद्यार्थीलाई मात्र सम्मान गरिरहेका छन्, त्यहीँबीच नेसनल प्याव्सन भक्तपुरले भने ४ जिपिए ल्याउनेसहित आफ्ना सदस्य विद्यालयहरूबाट एसईई उत्तीर्ण गर्ने सबै विद्यार्थीलाई बधाई तथा सम्मान प्रदान गर्दै फरक उदाहरण प्रस्तुत गरेको छ।

मिड भ्याली कलेज नयाँ थिमीको सहकार्यमा आयोजित कार्यक्रममा ४.० जिपिए ल्याउने एनप्याब्सनको स्कुल सेक्रेड हार्टका प्रिन्स लामा तामाङ र ईडेन गार्डेन स्कुलकी सुप्रिया चौंलागाईं सहित भक्तपुर जिल्लाभरका तीसै जना विद्यार्थीलाई सम्मान गरिएको थियो।

साथै, एनप्याव्सनका सदस्य विद्यालयहरूबाट उत्तीर्ण भएका सबै विद्यार्थीको मिहिनेतलाई कदर गर्दै उनीहरूलाई पनि सम्मान गरियो ।

२०८१ सालको एसईई परीक्षामा १०० प्रतिशत नतिजा ल्याउने तथा औसतभन्दा उत्कृष्ट प्रदर्शन गर्ने विद्यालयहरूलाई समेत कार्यक्रममा बधाई तथा सम्मान प्रदान गरिएको थियो। यस्तै, कक्षा ८ को बिएलई–२०८१ मा उत्कृष्ट १० स्थानमा स्थान प्राप्त गर्ने विद्यार्थीहरूलाई पनि सम्मान गरियो।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा प्रमुख अतिथिका रूपमा सहभागी थिए।

उनले विद्यार्थीको हौसला वृद्धिमा यस्ता कार्यक्रम प्रेरणादायी हुने बताए।

सूर्यविनायक नगरपालिकाका सामाजिक विकास समिति संयोजक रविन्द्र सापकोटाले समेत नेसनल प्याव्सनको पहलको सराहना गरे।

कार्यक्रमको सहआयोजक मिड भ्याली कलेजका प्रिन्सिपल गोविन्द बल्लभ जोशीले भक्तपुरमै गुणस्तरीय प्लस टु कलेज सञ्चालनमा आएको जानकारी गराउँदै विद्यार्थीहरूलाई कलेज भ्रमण गर्न सुझाव दिए।

शिक्षाविद् तथा सरोकारवालाहरूले समेत कक्षा १० को एसईईमा जिलाको उत्कृष्ट नतिजाको प्रशांसा गर्दै अब कक्षा ११ मा भर्नाअहुन जिल्ला बाहिर जानुपर्ने बाध्यता नभएको स्पष्ट पारे ।

एनप्याब्सन भक्तपुरका अध्यक्ष संजय खड्काले ४.० जिपिए ल्याउने विद्यार्थीको मेहनतलाई स्याबासी दिइरहँदारदा अन्य विद्यार्थीहरूको मनोबल बढाउनु पनि सवैको कर्तव्य भएको बताए ।

“सवै विद्यार्थीका आफ्नै क्षमता हुन्छन्, सवै नै देशका मेरुदण्ड हुन्” भन्दै उनीहरूप्रति समान ब्यवहार गर्नुपर्ने आवश्यकता औल्याए ।