बिज फुटसल प्रतियोगिताका बिजेतालाई १ लाख, उपबिजेताले पाए ५० हजार

भक्तपुर । भक्तपुरस्थित रोयल फुटसलमा सम्पन्न पहिलो बिज खुला फुटसल प्रतियोगिता-२०२५ मा म्यान्टेन एफसीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पारेको छ।

फाइनल खेलमा म्यान्टेन एफसीले प्रतिस्पर्धी एनपिएमएफलाई २-० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो।

विजेता म्यान्टेन एफसीले रु. १लाखका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेता एनपिएमएफले रु. ५० हजार, ट्रफी र प्रमाणपत्रमा चित्त बुझाएको छ।

प्रतियोगितामा १६ वटा टिमहरूको सहभागिता रहेको थियो।

समापन समारोहमा नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान तथा गोलरक्षक उपेन्द्रमान सिंह प्रमुख अतिथि थिए। उनले विजेता तथा सहभागी टोलीलाई बधाई दिँदै युवा खेलाडीहरूको मेहनत र उत्साहको प्रशंसा गरेका थिए।

एनपिएमका टिम म्यानेजर नारायण बस्यालले धन्यवाद मन्तब्य दिदै आयोजक रोयल फुटसल र प्रायोजक बिज एजुकेशन कन्सल्टेन्सीलाई आगामी दिनमा पनि प्रतियोगिता निरन्तरताको शुभकामना दिए ।