एसईईमा चार जिपिए ल्याउने भक्तपुरका तीस विद्यार्थीलाई सम्मान

learners' school
learners’ school

भक्तपुर । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जिपिए ल्याउने भक्तपुरका ३० विद्यार्थी र १९ विद्यालयलाई सम्मान गरिएको छ । विहीबार एक कार्यक्रमकाबीच उनीहरु सम्मानित भएका हुन् ।

नेपाल प्रेस सोसाइटी भक्तपुरले आफ्नो वार्षिकोत्सवका अवसरमा आयोजना गरेको सम्मान कार्यक्रममा प्रतिनिधि सभा सदस्य दुर्लभ थापा, भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, नेकपा एमालेका जिल्ला अध्यक्ष वचन देउजा, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक सुनिल गोठे बासु, रास्वपाका जिल्ला सभापति रामेश्वर बस्नेत लगायतले उनीहरुलाई सम्मान गरेका थिए ।

modern school
modern school

एसईईमा ४ जिपिए ल्याउने भक्तपुरका ३० विद्यार्थी मध्य ४ जना मात्र सामुदायिक विद्यालयका विद्यार्थी रहेका छन् ।

भक्तपुर नगरको मेधा माविका ३ र चाँगुनारायणको महेन्द्रग्रामका एकजनाबाहेक अरु सबै निजी संस्थागत विद्यालयका विद्यार्थीले ४ जिपिए ल्याउन सफल भएका हुन् ।

Mahendragram
Mahendragram

निजीमध्ये पनि क्यान्डीड माविबाट सर्वाधिक ४ जनाले ४ जिपिए ल्याएका छन् भने १२ विद्यालयले ४ जिपिएको खाता मात्र खोल्न सफल भएका छन् ।

भक्तपुरमा सामुदायिक विद्यालयकै पाँच विद्यालयले सत प्रतिसत नतिजा ल्याँउदा आफूलाई अब्बल बताउने र चर्को शुल्क असुल्ने एभरेस्ट स्कुल, मातृभूमि, सैनिक स्कूल लगायतले सत प्रतिसत सफल नतिजा ल्याउन सकेनन् ।

जिल्लामा जम्मा परीक्षार्थी मध्ये १३ प्रतिसत परीक्षार्थी ग्रेडसम्म पुग्न सकेनन र ग्रेडबृद्धिको परीक्षा तयारी गर्न बाध्य बने ।

बिहीबार सम्पन्न सम्मान समारोहमा प्रमुख अतिथि रहेका प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले शिक्षाको विकास नभई अन्य विकासको अर्थ नहुने बताए । शैक्षिक गुणस्तर वृद्धि गर्न शिक्षकको भूमिका महत्वपूर्ण रहने भन्दै उनले विद्यार्थीले गुरुहरुको सदैव सम्मान गर्नपर्नेमा जोड दिए ।

 एसईईमा सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई समाजले नियालिरहने भएकाले थप राम्रो गर्ने जिम्मेवारी थपिएको भन्दै उनले  विद्यार्थीको उज्ज्वल भविष्यको कामना गरेका थिए ।

SEE Bhaktapur
SEE Bhaktapur

यस्ता कार्यक्रमले विद्यार्थी र विद्यालयलाई राम्रो नतिजा ल्याउन उत्प्रेरित गर्ने आज सम्मानित मध्येको एक मोर्डन स्कूलका प्रिन्सिपल एवं प्याब्सन भक्तपुरका अध्यक्ष राजन कस्पालले प्रतिक्रिया दिए ।