भक्तपुरको पार्टी प्यालेसबाट पित्तल चोरेको आरोपमा दुई युवक पक्राउ

भक्तपुर । भक्तपुरमा चोरीको आरोपमा दुई युवक पक्राउ परेका छन् । 

सूर्यविनायकको पाण्डुबजारस्थित यो यो पार्टी प्यालेसमा गत चैत १ गते राति भएको चोरीको अनुसन्धान गर्दा उनीहरू पक्राउ परेका हुन् ।

पार्टी प्यालेसको पित्तलको पानस र गाग्रीसहित उनीहरू पक्राउ परेका प्रहरीको भनाइ छ । पक्राउ पर्नेमा काभ्रे घर भई भक्तपुर- ३ बंशगोपाल बस्ने २८ वर्षिय एक युवक र अर्का सूर्यविनायक नगरपालिका वडा नं. ८ सिपाडोल १९ वर्षिय युवक रहेका छन् ।

उनीहरू भक्तपुरको विभिन्न स्थानमा भएको चोरी घटनामा समेत संलग्न रहेका जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए ।

जिल्ला अदालत भक्तपुरबाट चोरी सम्बन्धी कसुरमा ५ दिन म्याद थप गरी उनीहरू माथि  थप अनुसन्धान भईरहेको उनको भनाइ छ

भक्तपुरका कतिपय घरका धाराका मिटर, टुटी लगायत चोरी भएर घरधनी आजित छन् । घर बाहिर हुने यस्ता मिटर र टुटी कसरी जोगाउने भन्ने चिन्ता स्थानीयमा छ भने सानो चोरीका यस्ता घटनाले प्रहरीलाई ठुलो टाउको दुखाइरहेको देखिन्छ ।