हनुमन्ते खोलामा फेला परेको युवकको शव पहिचान

भक्तपुर । भक्तपुरको भक्तपुर- १ सिर्जनानगरस्थित हनुमन्ते खोलामा फेला परेको युवकको शव पहिचान भएको छ । मृतक युवकको आइतबार पहिचान खुलेको हो ।

उनी रामेछाप जिल्ला गोकुलगंगा गाउँपालिका वडा न ५ कमिटार स्थाई घर भई हाल भक्तपुरको भक्तपुर नगरपालिका वडा न १० कमलविनायक बस्ने बर्ष २१ को रन्जित विक भएको प्रहरी श्रोतले जनाएको छ । मृतककी दिदी पूजाले शव पहिचान गरेकी बताईएको छ ।

शव शनिवार अपराह्न पौने ४ बजेको समयमा फेला परेको थियो । स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो । प्रहरी वृत्त जगातीबाट डिएसपी रमेश पालको नेतृत्वमा पुगेको टोलीले शव नग्न अवस्थामा फेला पारी मुचुल्का उठाइ पोस्टमार्टमका लागि पठाएको थियाे ।

घटनाबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख रहेका एसपी माधव बुढाथोकीले बताएका छन् ।