राष्ट्रिय सभामा उत्पत्ति भएका ४ वटा विधेयक प्रमाणित

काठमाडाै‌ । राष्ट्रिय सभामा उत्पत्ति भएका ४ वटा विधेयकहरूलाई राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सोमबार प्रमाणित गरेका छन् ।राष्ट्रिय सभाले पारित गरेका ४ वटा विधेयकहरूलाई अध्यक्ष दाहालले सोमबार प्रमाणित गरेका हुन् ।

अध्यक्ष दाहालले प्रमाणित गरेका विधेयकहरुलाई प्रमाणिकरणका लागि भोलि मंगलबार नै राष्ट्रपतिसमक्ष पठाइने उनका स्वकीय सचिव बिष्णु सापकोटा जुगलले जनाएका छन् ।

संविधानको धारा ११३ को उपधारा (१) बमोजिम राष्ट्रिय सभा अध्यक्षले प्रमाणित गरि धारा ११३ को उपधारा (२) बमोजिम विधेयक प्रमाणिकरणका लागि राष्ट्रपतिसमक्ष पेश गर्नुपर्दछ । राष्ट्रपतिले विधेयक प्रमाणिकरण गरिसकेपछि ऐनका रुपमा लागू हुने गर्दछ।

ती विधेयकहरू यस प्रकार छन्
१। सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०
२। विद्युतीय व्यापार विधेयक, २०८०
३। विधायन सम्बन्धी विधेयक, २०८०
४। भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६