माओवादी केन्द्रको बागमती प्रदेशमा १६ इन्चार्जलाई जिम्मेवारी

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले बागमती प्रदेशका जिल्ला,महानगर र उपमहानगरमा इन्चार्जको जिम्मेवारी बाडेको छ । प्रदेश अन्तर्गत सबै जिल्ला र ३ महानगर र १ उपमहानगरमा इन्चार्जको जिम्मेवारी बाडिएको हो ।

बागमती प्रदेशबाट केन्द्रीय सदस्य भएका नेताहरु सम्मिलित समितिको बैठकबाट जिल्ला इन्चार्ज बारे निर्णय गरिएको प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले पुष्टि गरेका हुन् । नेकपा माओवादी केन्द्रको बागमती प्रदेश अन्तर्गतका जिल्ला, महानगर र उपमहानगर गरी १६ वटै ठाउँमा नयाँ इन्चार्जहरू तोकिएका उनले बताए । बागमती प्रदेशको इन्चार्जमा भने पार्टी उपाध्यक्ष अग्नि सापकोटा रहेका छन् ।

जिम्मेवारी पाएका इन्चार्जहरु निम्नबमोजिम रहेका छन् ।
१) रसुवा–कल्पना शर्मा
२) धादिङ–पुष्पविक्रम मल्ल 
३) चितवन–घनश्याम दाहाल 
४) मकवानपुर–बिजय गौतम 
५) सिन्धुली–बुद्धिमान माझी 
६) रामेछाप–श्यामकुमार श्रेष्ठ 
७) दोलखा–बिशाल खड्का 
८) काभ्रेपलाञ्चोक–तेजबहादुर मिजार 
९) सिन्धुपाल्चोक–केशव नेपाल 
१०) नुवाकोट–हिरानाथ खतिवडा
११) काठमाडौं–सूर्य सुवेदी पथिक
१२) ललितपुर–हरि दाहाल 
१३) भक्तपुर–दिलिप प्रजापति 
१४) काठमाडौं महानगर–मुक्तिनारायण प्रधान 
१५) ललितपुर महानगर–राजकाजी महर्जन 
१६) हेटौंडा उपमहानगर–प्रल्हाद लामिछाने

Loading...