सर्लाहीको नवलपुरमा सवारी दुर्घटना, ट्रक चालकको गयो ज्यान

प्रेमनाथ पौडेल, सर्लाही । पूर्व पश्चिम लोकमार्ग अन्तर्गत सर्लाहीको नवलपुर चौकमा बसले मिनि ट्रकलाई ठक्कर दिंदा गम्भिर घाईते भएका ट्रक चालकको उपचारको क्रममा ज्यान गएको छ ।

जनकपुरबाट वीरगंज तर्फ आउदै गरेको ना ४ ख ३२४नम्बरको शुभतारा यात्रुबाहक बसले बिपरित दिशा बाट जादै गरेको बा प्र ०३००१ नम्बर को मिनि ट्रकलाई नवलपुर चौकमा बुधवार ठक्कर दिएको थियो । ठक्कर बाट ट्रक चालक सहित बसमा सवार ११ जना यात्रुहरु गम्भिर घाईते भएका थिए ।

गम्भिर घाइते ट्रक चालक जिल्ला मकवानपुर हेटौडा उप महानगरपालिका ३ बस्ने बर्ष ४२ को तोङ्गश्री बहादुर गोलेलाई प्राथमिक उपचार पश्चत वीरगंज स्थित नारायणी अस्पतालमा उपचारका लागि लगिएकोमा उपचारकै क्रममा गोलेको ज्यान गएको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक हरिबोल केसिले जनाएका हुन् ।

अन्य घाईतेहरुको नवलपुर स्थित बिभिन्न अस्पतालमा उपचार भै आ-आफ्नो गन्तब्य तर्फ गै सकेका समेत उनले जानकारी गराएका छन् ।

ठक्कर दिने बस र चालक इलाका प्रहरी कार्यालय नवलपुरको नियन्त्रणमा रहेका जिल्ला ट्राफिक कार्यालय नवलपुरले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

Loading...