देशमै केही गर्ने हुटहुटी बोकेका दिपक

भक्ती रिजाल, सर्लाही । पछिल्लो समय सर्लाहीमा स्वरोजगार हुने क्रम बढेको छ । विदेश जानु भन्दा आफ्नै गाउँ ठाउँमा रोजगार र स्वरोजगारका अवसर युवाहरु खोजिरहेका छन् । यसैक्रममा बागमती नगरपालिका वडा नम्बर १ मिलनचोकमा दिपक तामाङले संचालनमा ल्याएको एम.एफ कलेक्सनले ग्राहक मात्र होइन, उनी र उनको परिवार समेत सन्तुष्ट बनेको छ ।

विभिन्न ब्रान्ड र डिजाइनका तयारी कपडाहरु सस्तो र सरल मुल्यमा किन्न पाइने भएपछि यतिबेला दिपकलाई सामान बेच्न भ्याइ-नभ्याइ छ ।

सबै उमेर समुहका लागि उचित मुल्यमा कपडा पाइने भएपछि आफुले पनि एम.एफ कलेक्सनबाटै लत्ता कपडा किन्ने गरेको हरिवन ११ बस्ने संगीता राइले बताइन् ।

आर्थिक मन्दिको मारबाट समाज आक्रान्त भैराखेको अबस्थामा ग्राहकको मनोभाबलालाई दृष्टिगत गरि आफुले थोरै फाइदा राखेर समान बेच्ने गरेको एम.एफ कलेक्सनका संचालक दिपक तामाङले जानकारी दिए । बेरोजगार बस्नु र बिदेशमा भौतारिनु भन्दा आफ्नै गाउँ ठाउँमा ब्यापार गरेर जिविका जनाउन उनले पसल संचालन गरेका हुन् ।

”बिदेश गएर दु:ख गर्नुभन्दा आफ्नै माटोमा केही गरौं भनी यो पेशा शुरु गरे, दिपक भन्छन, कमाइ राम्रै छ, परिवार पनि खुसी छन् र मा पनि सन्तुष्ट छु ।” विदेश जाने र पैसा कमाउने सोच बोकेर देशमा काम गर्ने वातावारण छैन र कमाइ नै हुँदैन भन्नेहरुका लागि दिपक एक उदाहरण हुन सक्ने ओमबहादुर कार्की बताउछन् ।

Loading...