क्षयरोगमुक्त पालिका निर्माण अभियानमा हरिवन, विद्यालय शिक्षा कार्यक्रम शुरु

भक्ती रिजाल, सर्लाही । हरिवन नगरपालिका स्वास्थ्य शाखा मार्फत विद्यालय स्तरमा सचेतना अभियान अन्तर्गत क्षयरोग शिक्षा कार्यक्रम संचालनमा आएको छ । 

क्षयरोग मुक्त पालिका निर्माण गर्ने अभियान अन्तर्गत हरिवन नगरपालिकाका छ वटा माध्यमिक विद्यालयमा  क्षयरोग शिक्षा कार्यक्रम संचालनमा आएको हो । 

हरिवन नगरपालिकाकी क्षयरोग कार्यक्रम अधिकृत रोशनी घतानीका अनुसार कार्यक्रम शुरु गरिएका नगरपालिका भित्रका विद्यालयमा राम अवतार मावि, माइरानी मिक्चनी मावि, महादेव नमुना मावि, जनजागृति मावि, जन सेवा मावि तथा चतुर्भुजेश्वर मावि रहेका छन्  । 

हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी भन्छन् ।”क्षयरोग लाई समाजबाट निर्मुल पार्न विद्यार्थी जस्तो सचेत बर्ग मार्फत जनस्तरमा पुग्न सकिने भएकाले आम विद्यार्थी बिचमा  क्षयरोग शिक्षा कार्यक्रम संचालन गरिएको हुँदा परिणाम पनि सकारात्मक आउनेमा आशावादी छौ ।”

हरिवन नगरपालिका भित्रका विद्यालयहरुमा संचालित विद्यालय अन्तर्गत क्षयरोग शिक्षा कार्यक्रमले क्षयरोग निवारणका बारेको घर- घरमा सचेतनामूलक सन्देश  प्रवाह हुने हरिवन नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबाबु चौधरीले जानकारी दिए ।

Loading...