शहरी विकास मन्त्रालयको सचिवमा भक्तपुरका गेलाल

भक्तपुर । सरकारले शहरी विकास मन्त्रालयको सचिवमा मणिराम गेलाललाई सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गेलाललाई शहरी विकास मन्त्रालयमा पठाउने निर्णय गरेको हो ।

सचिव गेलालले मंगलबार नै सो सम्बन्धि पत्र बुझेका र बुधबार मन्त्रालयको जिम्मेवारी समाल्ने तयारी गरेका श्रोतले बताएको छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिका-३, झौखेल निवासी गेलाल इन्जिनियरिङ समूहबाट सचिवमा पदोन्नती भएका थिए । उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय तथा खानेपानी मन्त्रालयमा उनी सचिव रहिसकेका छन् ।

सहसचिव हुँदा शहरी विकास तथा भवन निर्माण विभागमा महानिर्देशक रहीसकेका गेलाललाई शहरी विकास मन्त्रालय बुझेका विषय बिज्ञको रुपमा बुझिन्छ । उनी बिल्डिङ एण्ड आर्किटेक इन्जिनियर हुन् ।

गेलाललाई सहरी विकास मन्त्रालय पठाउने निर्णय गरेको सरकारले त्यहाँका सचिव सरजु कुमार वैद्यलाई भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको छ।

Loading...