जीप दुर्घटना हुँदा सर्लाहीका प्रमुख नापी अधिकृतसहित १० गम्भीर घाइते

सर्लाही । सर्लाहीकाे नवलपुर- मलङ्गवा सडकखण्डमा सडक दुर्घटना हुँदा सर्लाहीका प्रमुख नापी अधिकृतसहित १० जना गम्भीर घाइते भएका छन् ।  चमेली माई मन्दिर नजिक जीप दुघर्टना हुँदा जीपमा सवार सर्लाहीको प्रमुख नापी अधिकृत सञ्जय मानन्धरसहित १० जना गम्भीर घाइते भएका हुन्।
                                                                     सोमबार राती ट्र्याक्टरसंग जीप ठाेक्किदा उक्त दुर्घटना भएको स्थानीयको भनाइ छ । घाइतेहरुलाई प्रादेशिक अस्पताल मलंगवामा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि बिरगञ्ज र काठमाडौं पठाइएको बताइएको छ ।
घटनाको थप विवरण आउन बाकी रहेको छ ।

Loading...