काठमाडौंमा नक्कली नोट

काठमाडौंको शंखमुलबाट नक्कली नोट सहित एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका-४ घर भई शंखमुल बस्ने २३ वर्षीय सन्तोष चेपाङ रहेका छन ।

१ हजार दरको नोट ५ थान र ५ सय दरको नोट १ थान गरी जम्मा ६ थान नक्कली जस्तो देखिने नोटसहित मंगलबार राति प्रहरीले उनलाई पक्राउ गरेको हो।

शंखमुलकै एक खाजा घरमा नक्कली जस्तो देखिने नोट बोकेको मानिस रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरी तत्काल त्यहाँ पुगेको थियो । चेपाङलाई तलासी गर्दा उनको साथबाट उक्त नोटहरु फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Loading...