मापसे गरी ज्यान लिने २ जना पक्राउ

सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-२ पेल्माङ बस्ने ५० वर्षीय सितल बहादुर राईको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा २ जना पक्राउ परेका छन् । उनीहरुलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५५ वर्षीय धरन बहादुर राई र ३५ वर्षीय समित कुलुङ रहेका छन् । मादक पदार्थ सेवन गरेर वादविवाद संगै भएको झै-झगडामा सितल बहादुर राईको घटनास्थलमै मृत्यु भएको र प्रहरी चौकी बुङबाट खटिएको प्रहरीले झै-झगडामा संलग्न रहेको आरोपमा बहादुर र समितलाई पक्राउ गरेको पुष्टि गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

Loading...