पिङले लियो ज्यान

दशैको पिङले नै दशाको रुप लिएपछि छिमेकी जिल्ला काभ्रेमा एक जनाको ज्यान गएको छ । पिङ हाल्न रुखमा चढेका बेला रुखबाट लडेर उनको ज्यान गएको हो ।

काभ्रेको भुम्लु गाउँपालिका-६ कोलाती  गाउँका ५० वर्षीय गणेश परियारको पिङ हाल्न जादा रुखबाट लडेर निधन भएको काभ्रे प्रहरीले पुष्टि गरेको छ । आइतबार बिहान नजिकैको बरको रुखमा पिङ हाल्ने क्रममा रुखबाट लड्दा घाईते भएका परियारको उपचारको क्रम्मा ज्यान गएको डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए । ९ बजे लडेका परियारलाई अचेत अवस्थामा  करिब ११ बजे धुलिखेल अस्पताल ल्याइपुर्याएको थियो । उपचारको क्रममा अस्पतालका चिकित्सकले करिब साढे ११ बजे उनलाई मृत घोषित गरिदिएका प्रहरीको भनाइ छ ।
काभ्रे प्रहरीले पिङ हाल्दा र खेल्दा सचेत रहन र सम्भावित दुर्घटना बाट वच्न अनुरोध गरेको छ ।

Loading...