भारतीय मालबाहक कन्टेनरले केचेर हेटौडामा २ को ज्यान गयो

हेटौंडा–१५ चुरियामाई नजिक भारतीय मालवाहक कन्टेनरले किचेर २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

सडकमा सोमबार राति ११ बजेबाट सामान बोकेको एनएलओआइडी ८०३१ नम्बरको मालवाहक १८ चक्के भारतीय नम्बर प्लेटको कन्टेनर राजमार्ग मै विग्रिएर सडक अवरुद्ध भएको थिया । सो कन्टेनरलाई क्रेनको सहायताले हटाउने क्रममा कन्टेनरले किचेर उनीहरुको मृत्यु भएको थियो ।

कन्टेनर उचालेर किनारा लगाउने क्रममा राजमार्गमा गुडिरहेको अटो, सुमो र मोटरसाइकललाई थिचेको जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Loading...