कुमार पौडेलको अन्तिम सस्कारको तयारी, हत्यामा संलग्नहरुको पहिचान भएको परिवारको खुलासा

पौडेल परिवारले किटानी जाहेरी दिने

सर्लाही, ७ असार । नेत्र विक्रम चन्द’ विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सर्लाही जिल्ला संयोजक कुमार पौडेल को शव परिवारले तीन दिन पछि शनिवार बुझेका छन ।

बिहीवार प्रहरीको गोली लागि ज्यान गुमाएका पौडेलको शव शनिवार उनका परिवारले जिल्ला अस्पताल मलंगवामा गएर बुझेका हुन् ।

सदरमुकाम मलंगवाबाट अहिले उनको शव बागमती-२ धरहरास्थित निवासमा ल्याउने काम भै रहेको मानव अधिकारबादी नेता बिदुरकुमार प्याकुरेलले बताए ।

पौडेलको शवलाई घरमा पुर्याएपछि आफन्त,इष्टमित्र तथा शुभचिन्तकले अन्तिम श्रदान्जली दिने र आजै साँझ बागमती नदीमा अन्तिम संस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ ।

बिहीबार दिउँसो लालबन्दी–१ लखन्देही खोलादेखि पूर्वको जंगलमा गस्तीमा गएको प्रहरी टोलीमाथि गोली चलाएपछि जवाफी कारबाही गर्दा पौडेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्रहरीले झडपमा गोलि लागि मृत्यु भएको जिकिर गरेता पनि परिवारले भने प्रहरी भ्रष्टाचारीको मतियार बनेर पौडेलको ज्यान लिएको दावी गरेको छ ।

झडममा नभई सिन्धुली जाने क्रममा साथीहरुलाई पर्खेर बसि रहेको अबस्थामा लालबन्दी- १ हिरापुर चन्द्रपुर जंगलबाट उनलाई गिराफ्तार गरि सुनियोचित तरिकाबाट हात भाचेर कंचटमा गोलि हानी हत्या गरेको परिवारले आरोप लगाएका छन ।

आफ्नो भाइलाई गैर कानुनी ढंगले गिरफ्तार गरेर सुनियोचित तरिकाले ह्त्या को बाट कसरि भयो आफूहरुलाई एक एक थाँहा भएकोभन्दै आफूहरु कानुनी उपचारको लागि किटानी जाहेरीसमेत दिने तयारीमा रहेको मृतक कुमारकी दिदी लक्ष्मी पौडेलले ननस्टपखबर संग खुलासा गरिन ।


भ्रष्टाचारीहरुबाट मोटो रकम लिएर भ्रष्टाचारलाई प्रसय दिदै जिल्लाका प्रहरी प्रशासनले भ्रष्टाचारी संग मिलेर कुमाारलाई मारेको परिवारको आरोप छ ।

परिवारले घटनाको सत्य तथ्य छानवीन हुनुपर्ने, दोषीलाई कडा कारवाही गरिनुपर्ने, कुमारलाई शहिद घोषणा गर्नुपर्ने, पिडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, परिवार र छोरा छोरीको लालनपालनको ग्यारेन्टी गरिनुपर्ने लगायतका माग राखी शव बुझेका थिएनन । तर, आज मौखिक सहमती पछि भने शव बुझिएको बताईएको छ ।

शव बुझिएता पनि विभत्स तरिकाले हेर्न नै नसकिने गरि शव राखिएको र शवमा समेत प्रहरीले ज्यादती गरेको पाउदा आफूहरु भावविव्हल भएको भन्दै मृतककी दिदी लक्ष्मीले पीडा पोखिन ।

को हुन् कुमार ?


सर्लाही जिल्ला बागमती नगरपालिकाको धरहरा घर भएका पौडेल नेपाली काङ्ग्रेस, तत्कालिन नेकपा एमाले, चुरेभावर, माओवादी हुँदै पछिल्लो समय बिप्लव नेतृत्वको नेकपामा  रही जिल्ला इन्चार्चको भुमिका निर्वाह गर्दै आएका थिए ।

उनको नेतृत्वमा केहि महिना अघि धरहरामै रहेका सुकुम्बासीले बस्ती हटाउने विषयमा गरेको आन्दोलन दवाउन प्रहरीले गोली चलाएको थियो । त्यतिबेला कुनै मानवीय क्षती भने भएको थिएन । पूर्व खेलाडी समेत रहेका पौडेल निडर स्वभावका थिए । उनलाई प्रहरीले विशेष निगरानीमा राखेको थियो ।

सर्लाहीको लालबन्दी नगरपालिका अन्तर्गत १,१० र ११नम्बर वडा सिमाना पलार हिरापुर जंगल सिमानामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेल मारिएका हुन् । बिहीवार दिउसो प्रहरीसँगको भिडन्तमा उनको ज्यान गएको प्रहरीको दावी छ ।

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भने आफ्नो सर्लाही जिल्ला इन्चार्ज तथा जनकपुर ब्युरो सदस्य कुमार पौडेललाई सरकारले कायरतापूर्वक वर्वरतापूर्वक हत्या गरेको बताएको छ । विहीवार बेलुकी जनकपुर ब्युरो इन्चार्ज अरुणले र शुक्रवार महासचिव विप्लवले बिज्ञप्ती जारी गर्दै पौडेललाई शहिद घोषणा गर्नुका साथै सरकारको राज्यआतङ्क र हत्याको बदला लिने समेत चेतावनी दिएका छ्न् ।

४७ वर्षीय मृतक पौडेलका ७२ वर्षका बुवा, श्रीमती , १४ वर्षिया छोरी र १० वर्षीय छोरा छ्न् ।

Loading...