हरिवनमा प्रदेश स्तरिय फुटबल प्रतियोगिता हुने, प्रथम हुनेले १ लाख ५० हजार पाउने

सर्लाही । सर्लाहीको हरिवनमा प्रदेश स्तरीय दोस्रो मेयरकप फुटबल प्रतियोगिता हुने भएको छ । शनिवार पत्रकार सम्मेलन गरि प्रतियोगिताको बारेमा जानकारी गराईएको हो ।

‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नाराका साथ हरिवन नगरपालिकाले गत बर्षदेखि मेयर कप प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

नगरप्रमुख गणेश प्रसाईंको प्रमुख आतिथ्यतामा आयोजकले पत्रकार सम्मेलन गरि खेलको बारेमा जनकारी गराए ।
प्रतियोगितामा सर्लाही रातो, निलो सहित धनुषा, बारा, सिरहा, सप्तरी लगायात जिल्लाका ९ वटा टिमले सहभागिता जनाउने जानकारी प्राप्त भएको छ ।

यहि असार ९ गते देखि १७ गते सम्म हरिवन -१० सुखेपोखरी खेलमैदानमा हुने खेलमा प्रथम हुनेले नगद १ लाख ५० हजार, शिल्ड, मेडल पाउने र दोस्रो हुनेले नगद ७५ हजार, शिल्ड, मेडल पाउने बताइएको छ । त्यस्तैगरी उत्कृष्ट खेलाडीहरुलाई समेत नगद र मेडलबाट पुरस्कृत गरिने प्रचार प्रसार संयोजक राधाकृष्ण प्याकुरेल बताए ।

खेलमार्फत असल नागरिक निर्माण गर्न टेवा पुग्ने तथा यसले मेलमिलाप र सहकार्य गर्दै अघि बढ्ने पाठ सिकाउने मात्र नभई प्रतिभाको प्रस्फुटनसमेत गराउने हुँदा खेलले महत्वपूर्ण भुमिका खेल्ने नगर प्रमुख प्रसाईंले विस्वास व्यक्त गरे ।

पत्रकार सम्मेलनमा उपप्रमुख रेनुका पौडेल, वडा नम्बर ८ का वडा अध्यक्ष यज्ञ बिनोद ढुङेल, प्रमुख प्रसासकिय अधिकृत टिकाराम ढकाल त्यसैगरी चुडामणी वाग्ले , भरतकुमार कार्की, खेल संयोजक बिप्लव कार्की, सह संयोजक कामना क्यापछाकी ,प्रचार प्रसार संयोजक राधाकृष्ण प्याकुरेल लगायत को उपस्थिति रहेको थियो । प्रतियोगिताको लागि करिव ७ लाख खर्च हुने अनुमान गरिएको छ ।

उक्त अवसरमा हरिवनलाई चित्रण गर्दै तयार गरिएको गीतको अडियो पनि बिमोचन गरिएको थियो ।

Loading...