गुठी विधेयक खारेजीको माग गर्दै ब्ल्याक आउट

काठमाडौँ, ७ असार । सरकारले संसदमा पेश गरेर फिर्ता लिएको गुठी विधेयक खारेज गर्नुपर्ने मागसहित आज काठमाडौंलगाएत स्थानमा ब्ल्याक आउट गरिएको छ ।

गुठी विधेयक खारेजीको माग राख्दै आएको राष्ट्रिय पहिचान संरक्षण संघर्ष समितिले शनिबार बेलुकि ७ः३० बजेदेखि ८ः०० बजेसम्म मुख्यगरी नेवार समुदायको बाहुल्यता रहेको भित्रि शहरमा ब्ल्याक आउट गर्न आव्हान गर्दै टोलटोलमा सरकार बिरुद्द नाराबाजी समेत गरेको छ ।

गएको असार ४ गते माईतीघर मण्डलामा खबरदारी सभाको आयोजना गरेको संघर्ष समितिले गुठी विधेयक खारेजीको माग गर्दै निरन्तर रुपमा विरोध कार्यक्रम गर्दै आएको छ ।


समितिले शुक्रबार गृहमन्त्री, संचारमन्त्री र भूमिसुधारमन्त्रीको राजीनामाको माग राख्दै नयाँ सडकमा हस्ताक्षर संकलन कार्यक्रमसमेत राखेको थियो ।

समितिका प्रचार प्रमुख राजाराम तन्डुकारले विधेयक खारेज नभए अझै आन्दोलन शसक्त हुने बताए ।

Loading...