शामीले ह्याट्रिक लिंदा अफगानिस्तानसंग भारतको रोमान्चक जित

 २०७६ असार ७, अत्यन्त रोमान्चक खेलमा अफगानिस्तानलाई ११ रनले पराजित गर्दै भारतले आईसीसी विश्वकपमा चौथो जित दर्ता गरेको छ। अफगानिस्तानले भने लगातार छैठौं खेलमा हार बेहोर्यो ।

भारतले पहिले ब्याटिंग गर्दै बनाएको २२४ रनको जवाफमा ब्याटिंग गरेको अफगानिस्तानले ४९.५ ओभरमा सबै विकेट गुमाएर २१३ रन बनाउदा भारतले कठिन जित हाँसिल गर्यो।

लक्ष्य पछ्याउने क्रममा अफगानिस्तान ओपनर हज्रतुल्लाह जजई १० रन बनाएर आउट भए। दोश्रो विकेटको लागि कप्तान गुल्बदीन नैब र रहमत शाहले ४४ रनको साझेदारी गरे। नैब २७ रन बनाएर आउट भए । तेश्रो विकेटको लागि रहमतले हस्मतुल्लाह शाहिदीसंग ४२ रनको साझेदारी गरे। शाहिदी २१ रन बनाएर आउट भए। त्यस लगत्तै अस्घर अफ्घान ८ रन बनाएर आउट भए।

अन्तिम २ ओभरमा अफगानिस्तानलाई जितको लागि २१ रन आवस्यक थियो। ४९ औं ओभरमा बलिंग गरेका जस्प्रित बुम्राहले मात्र ५ रन दिए पछि अन्तिम ओभरमा जित्न १६ रन आवस्यक रहेको थियो। ५० औं ओभरको पहिलो बलमा नबिले चौका प्रहार गर्दा ५ बलमा अफगानिस्तानलाई १२ रन आवस्यक रह्यो।

ओभरको तेश्रो बलमा शामीले रन दिएनन्। त्यसपछि सामीले तेश्रो बलमा नबिलाई क्याच आउट गराए र भारतलाई खेलमा फर्काए। लगत्तै बलमा सामीले अफताब आलमलाई पनि बोल्ड गरे। त्यस लगातरी बलमा मुजिब उर् रहमानलाई पनि बोल्ड गर्दै शामीले ह्याट्रिक पुरा गरे र भारतलाई खेल समेत जिताए।

अफगानिस्तान २१३ रनमा अलआउट भयो र ११ रनले खेल गुमाउन पुग्यो।

मोहम्मद नाबीले ५२ रन बनाए पनि खेल जिताउन भने सकेनन्। ५५ बलमा उनले ४ चौका र १ छक्का प्रहार गरे।

भारतको बलिंगमा मोहम्मद शामीले ह्याट्रिक सहित ४ विकेट लिन ९.५ ओभरमा १ मेडन ओभर सहित ४० रन खर्चिए। जस्प्रित बुम्राह ( १०-१-३९-२ ) , युझभेन्द्र चहल ( १०-०-३६-२ ) , हार्दिक पान्ड्या ( १०-१-५१-२ ) ले २/२ विकेट लिए। कुलदिप यादब ( १०-०-३९-० ) विकेटविहिन रहे।

त्यसपछि मोहम्मद नबिले एक किनार सम्हाले। नबिसंग ३६ रनको साझेदारी गरेपछि जद्रान २१ रन बनाएर आउट भए। सातौँ विकेटको लागि नबिले राशिद खानसंग २४ रन साझेदारी गरे। १४ रन बनाएर राशिद पनि आउट भए।

यस अघि टस जितेर पहिले ब्याटिंग गरेको भारतले ५० ओभरमा ८ विकेट गुमाएर २२४ रनको योगफल तयार गरेको थियो।भारतको लागि कप्तान बिराट कोहलीले सर्वाधिक ६७ ( ६३ बलमा ५ चौका ० , केदार जाधबले ५२, लोकेश राहुलले ३०,  विजय शंकरले २९ तथा महेन्द्र सिंह धोनीले २८ रन बनाएका थिए।

अफगानिस्तान बलर गुल्बदीन नैब र मोहम्मद नबिले २/२ विकेट लिए। यस्तै मुजिब उर् रहमान, अफताब आलम, राशिद खान र रहमत शाहले १/१ विकेट लिए

Loading...