कन्हैयाको प्रचारमा दिनरात लागेका युवतीहरु के भन्छन्?

दिल्लीकी २४ वर्षकी स्वाति ७ अप्रिलदेखि भारतको बेगुसरायमा छिन । उनी पहिलो पटक यहाँ आएकी हुन र हरेक दिन बिहान ८ बजेदेखि यहाँका गाउँगाउँमा चुनाव प्रचारप्रसारमा निस्किन्छन ।

उनले बेगुसरायमा जान तयारी गरेका बेला उनका आमावुवाले बिहारको एउटा चित्र देखाएर उनलाई नजान चेतावनी दिएका थिए । यद्यपि स्वातिलाई त्यसले कुनै धेरै असर गरेन । स्वाति भन्छिन कि उनका आमावुवा दक्षिणपन्थी विचार नजिक छन र कांग्रेस विरोधी भएका कारण अहिले मोदीको समर्थन गर्छन ।

स्वातिले आफ्ना आमाबुवाले बिहारका सम्बन्धमा दिएको चेतावनीलाई सुनेको नसुन्यै गरिन र आमावुवाको विचार भन्दा अलग लाइन लिएर बेगुसराइ पुगिन ।

स्वाति भन्छिन, “मलाई बेगुसराय धेरै राम्रो लागिरहेको छ । यहाँ भारतीय जनता पार्टी (भाजपा) र वामपन्थी पार्टी सीपीआईबीच सिधासिधा लडाई छ । देशभरिबाट विद्यार्थी पुगेका छन् । सका मनमा आशा छ । हामी यही आशाको साहारामा यहाँ धेरै दिनदेखि यहाँ छौं ।”

स्वातिलाई लाग्छ कि उनको घरमा उनको विचार आफ्ना आमाबाबुभन्दा फरक छ । तर उनी मान्छिन कि विचारको लडाईमा आमाबुवासँग असहमति जनाउनुमा उनलाई केही गुनासो छैन ।

स्वाति भन्छिन कि चुनाव प्रचारका क्रममा एक गाउँमा उनीसँग केही मानिसहरुले उनको जातिका बारे सोधे । उनी भन्छिन, “एक महिलाले आफ्नै भाषमा केही सोधिन तर मैले बुझिन । फेरि मैले आफ्ना साथीहरुलाई सोधे । उनीहरुले भने कि ती महिला पनि मेरो जाति जान्न चाहन्थिन । यहाँको चुनावमा जातजातिको भूमिका छ ।

केरलाकी अर्पणा ९ अप्रिलदेखि बेगुसरायमा

अर्पणाको मनमा पनि बिहारकाबारे राम्रो चित्र थिएन । अब भने उनी भन्छिन कि बेगुसरायमा आएपछि बिहारकाबारेमा उनको मनमा जुन धारणा थियो त्यो बदलियो ।

अर्पणा भन्छिन, “यहाँका मानिस राजनीतिक रुपमा धेरै जागरुक छन् । यहाँका मानिसलाई थाहा छ कि कुन उम्मेदवार कहाँका हुन । यहाँसम्म कि अनपढ महिलाहरुलाई पनि यो कुरा थाहा छ । मेरो मनमा बिहारको जुन चित्र थियो त्यसभन्दा बिहार विल्कुल फरक छ । यस्तो होइन कि म जुन कुरा भन्छु त्यो मानिस सुनिहाल्छन, मानिसहरु प्रश्न सोध्छन र असहमति पनि जाहेर गर्छन् ।”

अर्पणा आखिर केरलादेखि बेगुसराइमा किन आइन ? उनी भन्छिन, “यो सरकारमा विपक्षी पूर्णतः सिद्धिसकेको छ । कन्हैयाले विपक्षको अभाव पूर्ती गरेका छन् र यो धेरै ठूलो कुरा हो । विश्वास गर्नुस बेगुसराइ इतिहास रच्न गइरहेको छ ।”

अर्पणा यो कुरा मान्छिन कि भारतको चुनावी राजनीतिमा मानिसकाबीच विचारमा कुनै भरोसा छैन । उनका अनुसार बिहारमा दुःख छ तर यहाँका मानिस खुसी देखिन्छन र उनीहरुमा धेरै आक्रोश देखिदैन ।

उनी भन्छिन, “म आफ्नो राज्य केरलासँग बिहारलाई तुलाना गर्छु अनि लाग्छ कि यहाँ फोहोर धेरै छ तर यस्तो होइन कि यहाँका मानिसहरुलाई फोहोर नै मनपर्छ । मानिसहरु भयानक गरीबीका कारण फोहोरी बातावरणमा बस्न बाध्य छन् ।”

कलेज पढाउने दिल्लीकी दीपा कन्हैयाको प्रचारमा

दीपा कलेजमा पढाउँछिन । उनी दिल्लीकी हुन् । दीपा पनि बेगुसरायमा दुई हप्तादेखि छन् । दीपा पनि कुनै राजनीतिक प्रचारका होइनन । तर, यसपटकको चुनाव उनका लागि फरक छ । उनले बेगुसरायमा महिलाहरुका बीचमा धेरै समय बिताइन ।

दीपा भन्छिन, “हामीले जातीय मोर्चाबन्दीलाई तोडिदिएका छौ । हामी महिलाहरुलाई सोध्छौ कि शौचालय कहाँ छ ? ग्यास सिलिण्डर कहाँ छ ? अस्पताल कहाँ छ ? हामी स्कूल, कलेज, अस्पताल र रोजगारका बारेमा सोध्छौ । यी समस्याहरुदेखि कुनै एक जाति मात्र पीडित छैनन । कन्हैयाबाट आशा छ त्यसैले म विदा लिएर यहाँ आएकी हुँ । परिवर्तनको सुरुवा त कही न कहीबाट त सुरु हुन्छ नै । मलाई लाग्छ कि यहाँ बेगुसरायदेखि नै हुन्छ । त्यसैले म यहाँ आएकी हुँ ।”

उनका अनुसार, “म यहाँ घुमेर जे कुरा महशुस गरिरहेकी छु त्यही भनिरहेकी छु । अन्ततः चुनावी नतिजाले नै बताउला कि हाम्रो कोशिस कति कामयावी रह्यो । म यहाँका मुखियाहरुसँग भेट्छु त उनीहरु आफै भन्छन् कि यस्तो चुनाव बेगुसरायमा कहिले पनि भएको थिएन किनकि अहिलेसम्मका चुनाव जातीय मुद्दाका वरिपरि नै हुन्थे ।”

कन्हैयाबाट देशको परिवर्तनको सुरुवात हुन्छः राजस्थानकी आकांक्षा

राजस्थानकी आकांक्षा पछिल्लो एक महिनादेखि बेगुसरायमा छिन । आकांक्षा यसभन्दा पहिले आफ्नो साथीको बिहेमा बिहारमा पुगेकी थिइन ।

उनी भन्छिन, “आज कसैलाई पनि देशद्रोही भनिरहिएको छ । आफ्नो घरको बच्चालाई कसैले आतंकवादी भन्न थाले भने कस्तो लाग्छ होला ?”

उनी भन्छिन कि ती मानिस यहाँ कुनै चुनावी पर्यटनका लागि आएका होइनन । देशका युवा पीढी धेरै ठूलो परिवर्तन ल्याउन चाहन्छन । तर, उनीहरुलाई अवसर मिलेको छैन । बेगुसराय यसैको अभिव्यक्ति हो ।

आंकाक्षाका घरका मान्छे एक महिनासम्म बेगुसरायमा के गरिरहेकी छ भन्नेबारे रिसाएका छैनन भनेर सोधिएको प्रश्नमा उनी भन्छिन, “उनीहरुलाई थाहा छ कि म यहाँ के गर्दैछु । र म जे गर्छु त्यसको निर्णय घरका मान्छेले लिँदैनन । घरका मान्छे सधै सही हुन्छन भन्ने छैन ।”

विपक्षी सिद्धिएका बेला बलियो आवाज बनेर उदाए कन्हैयाः सोनम

राजस्थानकै सोनम २९ मार्चदेखि बेगुसरायमा छन । उनी भन्छिन, “मलाई बिहारमा धेरै राम्रो लागिरहेको छ । मलाई लाग्छ कि गैरबिहारीहरुल पनि यहाँ आउनुपर्छ र देख्नुपर्छ कि यहाँका मानिसहरु कति मेहनती छन् ।”

सोनम भन्छिन्, “गाउँका मानिसहरु हाम्रा कुरासँग सहमति जनाउँछन र आफ्ना दुःखका बारेमा खुलेर कुरा गर्छन । यहाँ आधारभूत आवश्यकताका मुद्दाहरु छन् । हो, यो सही हो कि यहाँ मोदी विरोधी माहोल छैन तर विपक्षको ठाउँ खाली छ र हाम्रो कोशिस विपक्षीको खालीठाउँ भर्नु हो । हामी प्रधानमन्त्रीको कुर्सीका लागि लडिरहेका छैनौ ।”

यी सबै युवतीहरु शनिवारसाँझसम्म फर्किनेछन् ।

फर्कदै गर्दा बिहारको त्यो कुन कुरा जुन सधै याद रहिरहला भनेर सोनमलाई सोधियो । उनी भन्छिन्, “बिहारका ती मानिसहरु जो कठिन मेहनत गर्छन तर धेरै केही पनि पाउँदैनन । तर पनि उनीहरुको आशाको किरण त्यहीदेखि सुरु हुन्छ ।”  बीबीसी हिन्दीबाट

Loading...