आसाराम बापुका छोरा पनि बाबुसँगै बलात्कारमा दोषी करार

एजेन्सी । भारतका विवादास्पद आध्यात्मिक गुरु आसाराम बापुका छोरा नारायण साई पनि बलात्कारी करार भएका छन् । उनलाई गुजरातको एक अदालतले बलात्कारमा दोषी ठहर्‍याएको छ । उनलाई उनका बाबु अाशारामसँगै बलात्कारको आरोप लागेको थियो ।

भारतीय सञ्चारमाध्यमका अनुसार सूरतको एक अदालतले नारायणलाई दोषी ठहर गरेको हो । उनलाई सजाय सुनाउन बाँकी नै छ । अदालतले यस मुद्दामा अप्रिल ३० मा सजाय सुनाइने बताएको छ ।

नारायण साईलाई सुरतको एक महिलासँग बलात्कारको मामिलामा २०१३ मा गिरफ्तार गरिएको थियो । बलात्कार भोगेकी महिला र उनकी बहिनीले प्रहरीमा उजुरी गरेपछि उनी पक्राउ परेका थिए । उनलाई हरियाणाको पिपलीमा पक्राउ गरिएको थियो ।

महिलाले आफू सूरतमा रहेको आसाराम बापुको आश्रममा रहँदा नारायणले पटक-पटक यौन शोषण गरेको बताएकी थिइन् । उनका पिता आसाराम पहिले नै बालात्कार मामिलामा दोषी ठहर भएका छन् । उक्त अपराधका लागि उनलाई आजीवन कारावास सजाय दिइएको छ ।

Loading...