बाढी पहिरोमा परी मृत्यु हुनेका परिवारलाइ प्रतिपरिवार २ लाख राहत दिइने

काठमाडौं, ५ भदौ । बाढी पहिरोमा मृत्यु हुनेका परिवारले २ लाख रुपैंया राहत पाउने भएका छन् । सरकारले मृतकका परिवारलाइ राहत  प्रदान गर्ने निर्णय गरेको हाे। बिहीबार बसेको मन्त्रीपरिषद्को निर्णय शुक्रबार सुनाउँदै सरकारका प्रवक्ता समेत रहेका अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले धनजनको क्षति भई खानबस्न समेत समस्या रहेका परिवारलाई त्यसका लागि २० हजार रुपैंयाको दरले […]

गोठको गाई लगेर काटेको अभियोगमा चारजना पक्राउ

त्रिशूली । गौहत्याको अभियोगमा नुवाकोट प्रहरीले तारकेश्वर गाउँपालिका–५ बाट चार जनालाई बिहीबार राति पक्राउ गरेको छ। काभ्रेस्थित सिरानटोल निवासी सन्तबहादुर तामाङको गोठको गाई लगेर काटेको अभियोगमा चन्द्रबहादुर तामाङ, सुदीप तामाङ, जय तामाङ र दले तामाङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख अविनारायण काफ्लेले जानकारी दिए। उनको अनुसार गौहत्या गरेर मासु भाग लगाइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको […]

पाल्पामा पनि एक हप्ते कर्फ्यू जारी

पाल्पा, ४ भदौ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि पाल्पामा पनि कर्फ्यू लागु भएको छ । जिल्ला प्रशासन कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै एक हप्ताको कर्फ्यूको जानकारी गराएको हो । बिहीबार जारी गरिएको निषेधाज्ञाको सूचनामा कोभिड १९ को संक्रमणलाई रोकथाम तथा नियन्त्रणको कार्य प्रभावकारी बनाउन कर्फ्यू गर्नुपरेको बताइएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले […]

महाधिवेशन सारेर ६ महिना कार्यकाल थप्यो पत्रकार महासंघले

काठमाडौं । विधानद्वारा निर्धारित महाधिवेशन सार्दै नेपाल पत्रकार महासंघले आफ्नाे कार्यकाल थपेकाे छ । बुधबार प्रविधिको प्रयाेग गरी गरिएकाे राष्ट्रिय भेला (जुम वेविनार)बाट महासंघले यस्ताे निर्णय गरेकाे हाे । विश्वव्यापी रुपमा नराम्ररी असर गरेकाे काेराेना भाइरस (काेभिड १९) कारण महासंघले बुधवार इन्टरनेटबाटै भर्चुअल भेला सम्पन्न गरेकाे छ । केन्द्रीय समितिका पदाधिकारी, सल्लाहकार, प्रदेश र जिल्ला […]

अन्ततः निर्वाचन आयोगले नेकपा एमालेलाई दर्ता गर्यो

काठमाडौं, ३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा दर्तापहल भएको भनेर सत्तारुढ दलभित्र चर्चा पाएको नेकपा एमाले नामको दल अन्ततस् औपचारिक रुपमा दर्ता भएको छ । निर्वाचन आयोगले करिव २ महिना लगाएर यो दललाइ दर्ता गरेको हो । नेकपा एमाले नाम राखेर दल दर्ता गर्न गत १२ असारमा आयोगमा आवेदन परेको थियो । तत्कालीन […]

किर्ते आरोपी वडा अध्यक्ष एक लाख धरौटीमा रिहा

हुम्ला । आफ्नो नागरिकतामा भएको जन्ममितिलाई केरमेट गरी सामाजिक सुरक्षा भत्ता खाएको आरोपमा पक्राउ परेका खार्पुनाथ गाउँपालिका वडा नं १ का वडा अध्यक्ष मगुसिंह बुढा एक लाख धरौटीमा रिहा भएका छन् । विजया बुढाको जाहेरीका आधारमा पक्राउ परेका बुढालाई केही दिनअघि जिल्ला प्रहरी कार्यालय हुम्लाले पक्राउ गरेको थियो । वडा अध्यक्ष बुढा खार्पुनाथ गाउँपालिका वडा […]

राजनीतिक संवादमा विद्रोही नेपाल कम्युनिस्ट पार्टी

पाल्पा । पाल्पाका राजनीतिक दलहरुले विद्रोही नेपाल कम्युनिस्ट पार्टीसँग छलफल गरेका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र जिल्लाका अन्य राजनीतिक दलको सहभागितामा उक्त छलफल भएको हो । शान्तिपूर्ण राजनीतिक गतिविधिमाथि समेत प्रतिबन्ध लगाइएको विद्रोही नेकपासँग नेपाली कांग्रेस पाल्पा, राष्टिय जनमोर्चा पाल्पा र राष्टिय प्रजातन्त्र पार्टी पाल्पाका नेताहरुले जिल्लाका राजनीतिक समस्या र […]

राष्ट्रपति र प्रधानमन्त्रीसहित उच्च अधिकारीलाइ बन्धक बनाएर मालीमा ‘सैन्य कु’ को प्रयास

एजेन्सी । अफ्रिकी देश मालीमा ‘सैन्य कू’ को प्रयासमा सुरक्षाकर्मीले राष्ट्रपति र प्रधानमन्त्रीलाई बन्धक बनाएका छन्। राष्ट्रपति इब्राहिम बोउबाकार केइता र प्रधानमन्त्री बोउबोउ सिसेसहित शीर्ष अधिकारीलाई सुरक्षाकर्मीले राजधानी बामाको नजिकै रहेको सैन्य क्याम्पमा बन्धक बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। काती क्याम्पमा माथिल्लो तहको आदेश मान्न अस्वीकार गरेका सैनिकले नियन्त्रण कायम गरेका थिए। मालीका सैनिकमा पारिश्रमिकलाई […]

अदालत परिसरबाटै पूर्व सांसद गिरफ्तार

विप्लव नेतृत्वको प्रतिबन्धित पार्टी नेपाल कम्युनिष्ट पार्टीकी पोलिटब्यूरो सदस्य एवम् मेची कोशी कमाण्ड ईन्चार्ज उमा भुजेल अदालत परिसरबाटै गिरफ्तार परेकी छन् । पूर्व सांसद समेत रहेकी भुजेललाई मंगलबार साँझ सुनसरी प्रहरीले जिल्ला अदालतको परिसर बाटै पक्राउ गरेको हो । अदालतको आदेशबाट रिहा भएलगत्तै उनी पक्राउ परेकी हुन् । उनी संगै सोही पार्टीका झापा जिल्ला ईन्चार्ज […]

सिंहदरबार अगाडि गृहमन्त्रीको स्कर्टिङमा रहेको गाडीले ठक्कर दिँदा दुई महिला घाइते

काठमाडाैं । गृहमन्त्री रामबहादुर थापा बादलको स्कर्टिङमा रहेको एक गाडिले ठक्कर दिएर दुुई जनालाइ घाइते बनाएकाे छ । मंगलबार बिहान सिंहदरबारको पश्चिमगेट नजिक प्रहरीको गाडीको ठक्करबाट स्कुटरमा सवार दुुई महिला घाइते भएका हुन । ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता बामदेव गौतमले बा १ झ ५५ ५४ नम्बरको प्रहरी प्रधान कार्यालयबाट मन्त्री निवासमा स्कर्टिङका लागि गइरहेको गाडीले ठक्कर […]