अन्ततः निर्वाचन आयोगले नेकपा एमालेलाई दर्ता गर्यो

काठमाडौं, ३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा दर्तापहल भएको भनेर सत्तारुढ दलभित्र चर्चा पाएको नेकपा एमाले नामको दल अन्ततस् औपचारिक रुपमा दर्ता भएको छ । निर्वाचन आयोगले करिव २ महिना लगाएर यो दललाइ दर्ता गरेको हो ।

नेकपा एमाले नाम राखेर दल दर्ता गर्न गत १२ असारमा आयोगमा आवेदन परेको थियो । तत्कालीन नेकपा (एमाले) र नेकपा ९माओवादी केन्द्र० एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निर्माण भएको थियो । २ पार्टी एकतामा गएपछि माओवादी केन्द्रलाइ गोपाल किरातीले फेरि दर्ता गरेका थिए भने नेकपा एमाले भने अस्तित्वमा थिएन ।

नेकपा एमाले नामको दल दर्ताका लागि निवेदन परेको खबर बाहिर आएपछि सत्तारुढ दलभित्र ठूलो हल्लीखल्ली भएको थियो । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष बामदेव गौतम, बरिष्ठ नेता झलनाथ खनालले सार्वजनिक कार्यक्रममै यो सबै काम अध्यक्ष तथा प्रधानमन्त्री ओलीले नै गरेको आरोप पनि लगाएका थिए ।

आयोगले दर्ता गरेको नवगठित नेकपा एमालेको अध्यक्षमा सन्ध्या तिवारी छन भने महासचिवमा मनिषकुमार उपाध्याय रहेका छन् । यो पार्टीले आफ्नो छापमा डाँडामा उदाउँदो सूर्य राखेको थियो । आयोगले कानुनअनुसार सबै मापदण्ड पुगेकाले दल दर्ता गर्ने निर्णय लिइएको जानकारी दिएको छ ।

Loading...