गोठको गाई लगेर काटेको अभियोगमा चारजना पक्राउ

त्रिशूली । गौहत्याको अभियोगमा नुवाकोट प्रहरीले तारकेश्वर गाउँपालिका–५ बाट चार जनालाई बिहीबार राति पक्राउ गरेको छ।

काभ्रेस्थित सिरानटोल निवासी सन्तबहादुर तामाङको गोठको गाई लगेर काटेको अभियोगमा चन्द्रबहादुर तामाङ, सुदीप तामाङ, जय तामाङ र दले तामाङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख अविनारायण काफ्लेले जानकारी दिए।

उनको अनुसार गौहत्या गरेर मासु भाग लगाइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो।

घटनामा संलग्न अन्यको खोजी भैरहेको प्रहरीले जनाएको छ।

Loading...