भारतमा एकैदिन ६८ हजार बढी संक्रमित, ९८१ जनाको मृत्यु

काठमाडौँ । काेराेना संक्रमणबाट नराम्ररी प्रभावित भएकाे भारतमा मृत्युकाे संख्या पनि बढ्दै गएकाे छ । भारतमा पछिल्लाे समय एकै दिन ९८१ जनाकाे मृत्यु भएकाे छ । त्यसैगरी एकैदिन ६८ हजार भन्दा धेरै मानिसहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो चौबिस घण्टामा ६८ हजार पाँच सय भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको भारतीय सञ्चार माध्यमहरुले जनाका छन्। भारतमा अहिलेसम्म २९ लाख चार हजार भन्दा धेरैमा संक्रमण फैलिएको छ। संक्रमित मध्ये ५४ हजार ९ सय ७५ जनाको मृत्यु भइसकेको छ।

Loading...