खन्दै जाँदा चार करोड बढी पर्ने सुनका २ डल्ला भेटाएपछि सर्वत्र चर्चा

एजेन्सी । अस्ट्रेलियामा दुईजना उत्खननकर्मीले तीन लाख ५० हजार अमेरिकी डलर (चार करोड १९ लाख ६२ हजार भन्दा बढी नेपाली रुपैयाँ) बराबर मूल्य पर्ने सुनको दुईवटा डल्ला भेट्टाएका छन् ।

ब्रेन्ट शानन र इथन वेष्टले भिक्टोरिया राज्यको सुनखानी रहेको शहर तार्नागुला नजिकै सुनका डल्ला भेट्टाएका हुन् । भाग्यवश उनीहरुले फेला पारेको सुनका डल्लालाई स्थानीय टेलिभिजन शो मार्फत देखाइएको थियो । सो कार्यक्रम बिहीबार प्रशारण भएको हो ।

सुनखानी क्षेत्रमा मानिसहरुले जमिन खन्छन् र सुन रहे नरहेको थाहा पाउनका लागि मेटल डिटेक्टरको प्रयोग गर्छन् ।

एकै दिन दुई ठूलो सुनका डल्ला फेला पार्नु अति महत्वपूर्ण रहेको इथनले बताएको सिएनएनले जनाएको छ । इथनका बुवासहितको सहयोगमा फेला पारेको सुनका दुई डल्लाको तौल साढे तीन किलो रहेको छ ।

Loading...