शोकमा डुबेका प्रचण्डलार्इ केपीले लेखे भावुक पत्र (चिठीको पूरा पाठ)

काठमाडाैं, ६ मंसिर । अाफ्ना एकमात्र छाेरा प्रकाश दाहालकाे निधनले शाेकमा डुबेका नेकपा (माअाेवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’‚लार्इ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा अाेलीले भावुक पत्र लेखेका छन् ।

अाेलीले चुनावी प्रतिस्पर्धा उच्च गतिमा अगाडि बढिरहेका बेला प्रचण्डमाथि परेेकाे शाेकले समस्या पारेकाे पत्रमा अनुभूति दिएका छन् । गठबन्धनका एक मुख्य नेताकाे हैसियतमा निर्वाचन परिचालनकाे चुनाैतीपूर्ण नेतृत्व लिइरहेका बेला यस्ताे खबरले अाफू भाव विह्वल समेत बनेकाे अाेलीले पत्रमा भनेका छन् ।

प्रकाश दाहाल माअाेवादी केन्द्रका नेता मात्र नभइ अध्यक्ष प्रचण्डकाे सचिवालय सञ्चालनमा ठूलाे भूमिका रहेकाे अाफूलार्इ थाहा भएकाे उल्लेख गर्दै अाेलीले उनकाे मृत्युले अपुरणीय क्षति पुर्याएकाे बताएका छन् । प्रचण्डले एकातिर पुत्र वियाेगकाे पीडा र अर्काेतिर पार्टी अध्यक्षकाे सचिवालयमा हुने रिक्तता दुबै अागामी दिनमा सामना गर्नुपर्ने कष्टपूर्ण चुनाैती रहेकाे अाेलीकाे भनाइ छ ।

अाेलीले लेखेकाे भावपूर्ण पत्रकाे पूरा पाठ यस्ताे छ

प्रिय कमरेड,
हामी दुवै आसन्न प्रतिनिसिभा र प्रदेशसभा निर्वाचनमा प्रतिस्पर्धामा रहेका वामपक्षीय–लोकतान्त्रिक गठबन्धनका हाम्रा उम्मेदवारको प्रचार कार्यक्रममा प्रदेश नं. १ मा रहेकै वेला तपाईंको सुपुत्र तथा तपाईंको पार्टीका केन्द्रीय सदस्य कमरेड साकार दाहाल ‘प्रकाश’को आकस्मिक एवं असामयिक निधनको खबरले म स्वयं भावविह्वल भएको छुु । एकातिर वामपक्षीय–लोकतान्त्रिक गठबन्धनको एकजना मुख्य नेताको हैसियतमा तपाईंमा निहित निर्वाचन परिचालनको चुनौतीपूर्ण नेतृत्वको जिम्मेवारी र अर्काेतिर पुत्रशोकको अकल्पनीय घटनाले तपाईंमाथि पर्न गएको पीडा म अनुभूति गरिरहेको छु ।

कमरेड प्रकाश, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पुत्र मात्रै नभई अध्यक्ष प्रचण्डको सचिवालयका मुख्य व्यक्तिसमेत भएकाले माओवादी केन्द्रका अध्यक्षको सचिवालय सञ्चालनमा रहेको भूमिका र उहाँको देहावसानले पारेको खाडल अपूरणीय रहेको मैले महशुस गरेको छु ।

द्वन्द्वकालमा समेत तत्कालीन नेकपा (माओवादी) पार्टीको हेडक्वार्टर र त्यसका सुप्रिम कमान्डर अध्यक्ष प्रचण्डको सुरक्षा, सहयोग र सचिवालय सञ्चालनमा रहेको उहाँको भूमिका अविस्मरणीय छ नै । यो चुनौतीपूर्ण घडीमा उहाँको निधनबाट सिर्जना भएको रिक्तता र पुत्र वियोगको पीडा दुवै विशेषगरी तपाईंले सामना गर्नुपर्ने कष्टपूर्ण कार्यको रूपमा मैले लिएको छु ।

यस शोकपूर्ण घडीमा म, नेकपा (एमाले) र आफू स्वयंको तर्फबाट तपाईं र तपाईंको सिंगो शोकाकुल परिवारमा हार्दिक समवेदना व्यक्त गर्दछु । कमरेड प्रकाशको निधनबाट नेकपा–माओवादी केन्द्र)मा पुगेको क्षतिप्रति दुःख व्यक्त गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु ।

केपी शर्मा ओली
अध्यक्ष
नेकपा एमाले

Loading...