काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त रहेको अतिरिक्त स्वास्थ्य सचिव एक पदका लागि दर्जन बढी कर्मचारीले आवेदन दिएका छन्। मन्त्रालयको बढुवा समिति सचिवालयले गत २८ मंसिरमा १५ दिनको समयसीमा तोकेर योग्यता पुगेका इच्छुक कर्मचारीलाई आवेदन आह्वान गरेको थियो। अतिरिक्त स्वास्थ्य सचिव रहेका टंकप्रसाद बाराकोटीले कार्यकालको दुई वर्ष बाँकी रहँदै गत कात्तिक १९ मा पदबाट […]
स्वास्थ्य
चिकित्सक संघको निर्वाचन रोक्न अन्तरिम आदेश
ललितपुर । उच्च अदालत पाटनले नेपाल चिकित्सक संघको निर्वाचन तत्कालका लागि रोक्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय ऋषिराम निरौला र दीपक खनालको संयुक्त इजलासले निर्वाचन प्रक्रिया नियमअनुसार पूरा नभएको ठहर गर्दै हाललाई निर्वाचन नगर्न तथा नगराउन आदेश दिएको हो। सोमबार निषेधाज्ञा सम्बन्धी रिटमाथि सुनुवाइ गर्दै अदालतले उक्त अन्तरिम आदेश सुनाएको हो। डा. अजय कुमार […]
प्रादेशिक अस्पतालले नै पाएन चिकित्सक
महोत्तरी । प्रादेशिक अस्पताल जलेश्वरले कन्सलटेन्ट गाइनोकोलोजिष्ट तथा एमडीजीपी चिकित्सक माग गरेपनि पाउन सकेको छैन । सूचना गर्दा पनि चिकित्सक सम्पर्कमा नआएपछि पुन सूचना प्रकाशित गरिएको छ । अस्पतालले एक सूचना प्रकाशित गर्दै उक्त पदमा पुन: दरखास्त माग गरेको हो । दरखास्त नपरेकोले पुनः सूचना जारी गरेको निमित्त अस्पताल प्रमुखले जनाएका छन् । करारमा […]
राष्ट्रिय ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा मरासिनी
काठमाडौँ । राष्ट्रिय ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पदमा डा. रुद्र मरासिनी नियुक्त भएका छन्। स्वास्थ्य मन्त्री डा. सुधा शर्मा गौतमले मन्त्रीस्तरीय निर्णय गर्दै वरिष्ठताको आधारमा डा. मरासिनीलाई ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा नियुक्त गरेकी हुन्। एघारौँ तहमा कार्यरत डा. मरासिनी ट्रमा सेन्टरका सबैभन्दा वरिष्ठ चिकित्सक हुन्। डा. मरासिनी यसअघि पनि ट्रमा सेन्टरको प्रमुख […]
सिन्धुली अस्पताल कागजरहीत, सचिव डा गौतमलाई भब्य सम्मान
सिन्धुली । बागमती प्रदेश सरकार मातहत सञ्चालित सिन्धुली अस्पताल कागजरहित हुने भएको छ । बिरामीको पूर्जा देखि सबै रिपोर्ट अब अनलाइन हुने भएको हो । बिहीवार प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पेपरलेस प्रविधिको उद्घाटन गर्दै सिन्धुली अस्पतालमा कागजरहीत सेवा शुभारम्भ भएको घोषणा गरेका हुन् । कार्यक्रममा स्वास्थ्य मन्त्री किरण थापाले प्रदेश मातहतका १३ वटै अस्पताललाई […]
भक्तपुरका ३५ हजार बढी बालबालिकाको नि:शुल्क मुटु जाँच गरिने
भक्तपुर नगरपालिकाले नगरभित्र सञ्चालित संस्थागत तथा सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाका लागि चार दिनसम्म निःशुल्क मुटु परीक्षण शिविर सञ्चालन गर्ने भएको छ। यहीँ पुस ८, ९, १० र ११ गते शिशु कक्षादेखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीलाई लक्षित गरी शिविर सञ्चालन गरिनेछ। मित्र राष्ट्र चीनको युनानस्थित फुवाई युनान कार्डियो भास्कुलर अस्पतालमा कार्यरत विज्ञ चिकित्सकहरूको सहभागितामा शिविर […]
वीर अस्पतालमा सर्भर नचल्दा सयाैंलाई सास्ती
काठमाडाैं । वीर अस्पतालस्थित नविल बैंकको सर्भर डाउन हुँदा बिरामीलाई सास्ती भएको छ । बैंककाे सर्भर नचल्दा सयाैं बिरामी प्रभावित भएका छन् । अपरेशन गर्नुपर्ने बिरामीले समेत बिल तिर्न नपाउँदा अपरेशन नै प्रभावित भएकाे छ । बिल तिर्न नपाएपछि अपरेसन गर्नुपर्ने, आजै चेकजाँच गर्नुपर्नेहरू सबैभन्दा बढी मारमा परेका छन् । बैंकले मर्मतको काम भैरहेको जानकारी […]
भक्तपुरमा १० मिनेटको योगसाधना पाठ्यक्रमका लागि श्रव्य–दृष्य सामाग्री
भक्तपुर । भक्तपुरका विद्यालयमा अब श्रव्य–दृष्यसहितको योगसाधना पाठ्यक्रम लागू हुने भएको छ। शिक्षा विकास तथा समन्वय इकाई भक्तपुरले जिल्ला प्रशासन कार्यालय, योग जिल्ला समन्वय समिति भक्तपुर र स्थानीय पालिकाहरूको समन्वय गरी सञ्चालनमा ल्याएको १० मिनेट योगसाधना पाठ्यक्रमलाई प्रभावकारी पार्न श्रव्य–दृष्य सामाग्री तयार गरिएको हो। विद्यालयका योग सहजकर्ता शिक्षकको मागअनुसार आकर्षक रूपमा रेकर्डिङ गरी श्रव्य–दृष्य सामाग्री […]
भरतपुर आँखा अस्पताललाई पाकिस्तानी सहयोग
चितवन । नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच. हाश्मीले चितवनस्थित भरतपुर आँखा अस्पताललाई पाकिस्तानी जनताको तर्फबाट आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । भरतपुर आँखा अस्पताल (BEH) लाई कागजरहित डिजिटल प्रणालीमा रूपान्तरण गर्न ‘इलेक्ट्रोनिक हेल्थ रेकर्ड (EHR)’ कार्यान्वयनका लागि सहयोगस्वरूप पाकिस्तानका जनताबाट प्रदान गरिएको चेक उनले हस्तान्तरण गरेका हुन् । यस पहलले अस्पतालको प्रशासनिक तथा क्लिनिकल […]
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नुवाकोटमा मानसिक रोगको उपचार सेवा बिस्तार
नुवाकोट । बागमती प्रदेश सरकारअन्तर्गत संचालित तल्लो पिपलटारस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नुवाकोटले महिनामा दुई दिन मानसिक रोगको नि:शुल्क उपचार गर्ने भएको छ । मानसिक स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने उद्देश्यसहित मानसिक रोग विशेषज्ञद्वरा उपचार सेवा प्रदान गरिने चिकित्सालयका प्रमुख डा नरेन्द्रप्रसाद गिरीले जानकारी दिएका छन् । “प्रत्येक महिनाको पहिलो र तेस्रो शुक्रबार बिहान १० […]











