बहुमत केन्द्रीय सदस्यले केपी ओलीलाई अध्यक्षबाट हटाएर माधव नेपाललाई बनाए अध्यक्ष

काठमाडौं, ७ पुस । सत्तारुढ दल औपचारिक रुपमा विभाजन भएको छ । पार्टीका अध्यक्ष केपी ओलीले संसद विघटन गरेपछि अझै चुलिएको विवाद अन्ततः अलग अलग केन्द्रीय समिति बनाउने दिशातिर गएको छ । यसैबीच नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको पक्षमा रहेका केन्द्रीय सदस्यहरुको बैठकले केपी ओलीलाई कारवाही गरेको छ । बबरमहलमा बसेको […]

ओली समूहले भन्यो, ‘महासचिव र माइन्यूट हामीसँग भएकोले प्रचण्ड-माधव समूह अवैध होे’

काठमाडौं, ७ पुस । एकतर्फी पार्टी केन्द्रीय समिति विघटन गरी महाधिवेशन आयोजक समिति बनाएको नेकपा ओली समूहले आफूहरु नै वैधानिक भएको दाबी गरेको छ । आज बालुवाटारमा बसेको आफ्नो समूहको केन्द्रीय समितिको बैठकपछि बोल्दै नेता प्रदिप ज्ञवालीले प्रचण्ड माधव नेपाल समूहको बैठक आधिकारिक नहुने बताएका हुन् । परराष्टमन्त्री समेत रहेका ज्ञवालीले आजकै बैठकबाट प्रवक्ताको जिम्मेवारी […]

पार्टी केन्द्रीय समिति पनि विघटन गर्दै ओलीले बनाए ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति

काठमाडौं, ७ पुस । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद विभाजनको करिव अन्तिम अवस्थामा पुगेको छ । पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको समूहले एकतर्फी रुपमा पार्टी केन्द्रीय समिति समेत विघटन गर्दै महाधिवेशन आयोजक कमिटि घोषणा गरेको छ । आज बिहान बालुवाटारमा बसेको ओली पक्षीय केन्द्रीय समितिको बैठकले ११९९ जनाको केन्द्रीय महाधिवेशन […]

आज नेकपाको अलग अलग केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं, ७ पुस । प्रधानमन्त्रीले संसद विघटन गरेपछि अझ चुलिएको सत्तारुढ दलभित्रको विवाद अलग अलग केन्द्रीय समितिको बैठक बस्नेसम्म पुगेको छ । आज पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली समूह र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षीय केन्द्रीय समितिको फरक फरक बैठक बस्न लागेको हो । प्रम ओलीले अहिले बिहान ९ बजे बालुवाटारमा केन्द्रीय बैठक […]

गृहमन्त्री थापालाई भेट्न प्रचण्ड बिहानै पुल्चोक मन्त्रिनिवासमा

काठमाडौं, ७ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापालाई भेट्न मन्त्रिनिवास पुल्चोक पुगेका छन् । संसद विघटन गर्ने प्रधानमन्त्रीको निर्णय विरुद्ध पार्टीमा तीब्र धु्रविकरण भइरहँदा मझधारमा रहेका गृहमन्त्री बादललाई भेट्न प्रचण्ड पुल्चोकमा पुगको उनी निकट स्रोतले जनाएको छ । प्रचण्ड थापालाई भेटन सोमबार पनि पुल्चोक […]

संसद विघटन गर्न प्रधानमन्त्री र राष्टपतिले रोजेको धारा ७६ र ८५ मा के छ ?

काठमाडौँ, ५ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानका दुई वटा धाराको प्रयोग गरी प्रतिनिधिसभाको विघटन गरेकी छिन । उनले संविधानको धारा ७६ (१), धारा ७६ (७) र धारा ८५ प्रयोग गरी ताजा जनादेशका लागि सरकारको सिफारिसबमोजिम आगामी वैशाख १७ र २७ गतेका मिति तोकेकी हुन । संविधानको धारा ७६ (१) मा प्रतिनिधिसभामा बहुमत प्राप्त […]

ओलीको कदमप्रति असहमति जनाउँदै सात मन्त्रीले दिए सामूहिक राजिनामा

काठमाडौँ, ५ पुस । केपी ओली नेतृत्वको मन्त्रिपरिषदका सात जना मन्त्रीले सामूहिक राजिनामा दिएका छन् । आजै बसेको मन्त्रिपरिषद बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुको असहमतिका बाबजुत जवरजस्त प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेपछि उनीहरुले राजिनामा दिएका हुन् । सिंहदरवारमा पत्रकार सम्मेलन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन, कृषि तथा पशुपन्छी मन्त्री घनश्याम भूसाल, […]

पूर्व सभामुख महरालाई स्थायी कमिटी सदस्य बनाउने नेकपाको निर्णय

काठमाडौँ, ५ पुस । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पूर्व सभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य बनाउने निर्णय गरेको छ । आज बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले महरालाई स्थायी कमिटीको रिक्त स्थानमा लैजाने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। आजको बैठकमा प्रधानमन्त्री ओली र उनीनिकट स्थायी कमिटी सदस्य भने सहभागी थिएनन्। बैठकले […]

केपी ओलीलाई कारवाही गर्ने नेकपा स्थायी कमिटिको निर्णय

काठमाडौँ, ५ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठकले पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ । आइतबार बालुवाटारमा नेकपाको स्थायी कमिटी बैठक बसेको थियो । सोही बैठकले ओलीमाथि अनुशासनको कारबाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको हो । आज बसेको स्थायी समितिको बैठकमा प्रधानमन्त्री […]

ओलीले गरे सबै संवैधानिक आयोगमा आफ्ना मान्छे नियुक्त (हेर्नुहोस सूची)

काठमाडौँ, ५ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राई सिफारिस भएका छन् । संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएको भोलिपल्ट गत मंसिर ३० गतेको बैठकले राईलाई अख्तियार प्रमुखमा सिफारिस गरेको समिति सदस्य एवं राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिए । प्रधानमन्त्री केपी ओलीनिकट मानिने राईले एक वर्षअघि गृह सचिवबाट अवकाश पाएका थिए […]