काठमाडौँ । गत भदौ २४ गते भएको प्रदर्शनका क्रममा तोडफोड, आगजनी, चोरी तथा लुटपाटमा संलग्न रही हतियार प्रदर्शन गर्ने १५ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर, काठमाडौँले जारी गरेको विज्ञप्ति अनुसार पक्राउ परेका १५ जनामा एकजना मात्र काठमाडौ उपत्यकाको स्थायी बासिन्दा रहेका छन् । अन्य एकजना भारतीय र बाकी सबै उपत्यका बाहिरका जिल्लाबासी […]
भक्तपुरमा स्वास्थ्य विशेष स्मारिका ‘हाम्रो प्रयास’ सार्वजनिक
भक्तपुर । नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा भक्तपुरले स्वास्थ्य विशेष स्मारिका ‘हाम्रो प्रयास’ सोमबार सार्वजनिक गरेको छ। सो अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै जनस्वास्थ्य विज्ञ तथा साहित्यकार योगेन्द्र प्रधानले अस्पतालका नाममा अनावश्यक खर्च बढाइएको भन्दै जनस्वास्थ्यमा लगानी प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन्। प्रधानका अनुसार अहिलेका अस्पतालहरू उपचार केन्द्र होइन, रोगीका केन्द्रमा परिणत भएका छन्। […]
सिन्धुलीमा कार दुर्घटना, एकको निधन दुई घाइते
सिन्धुली । बिपी राजमार्ग अन्तर्गत सुनकोसी गाउँपालिका–६ चैनपुरमा मंगलबार भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। बिराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको बा ७ च ७५५४ नम्बरको कार अनियन्त्रित भई करिब ४२ फिट तल खस्दा मोरङका ६५ वर्षीय ओमबहादुर अर्जेलको मृत्यु भएको हो। मृतक अर्जेलको श्रीमती ४९ वर्षीया सुनिता अर्जेल […]
प्रहरी प्रभाग भैसेपाटीको भवन स्थानीयले गरे पुनर्निर्माण र हस्तान्तरण
ललितपुर । भदौ २४ गतेको जेड जेड आन्दोलनमा क्षति पुर्याइएको प्रहरी प्रभाग बुंगमती (भैसेपाटी)को भवन पुनर्निर्माण गरी हस्तान्तरण गरिएको छ। स्थानीय र समुदायको सहकार्यमा भदौ २६ गते स्थानीय सुमन महतको संयोजकत्वमा गठन भएको पुनर्निर्माण समितिले पुनर्निर्माण सम्पन्न गरी मंगलबार औपचारिक कार्यक्रममार्फत प्रहरीलाई भवनका संरचना हस्तान्तरण गर्यो। पुनर्निर्माण समिति संयोजक सुमन महतका अनुसार भदौ २६ गते […]
मुक्तिनाथमा भिषण हिमपात
मुस्ताङ ।मंगलबार विहानैदेखि रमणीय पर्यटकीय जिल्ला मुस्ताङको माथिल्लो भागमा भिषण हिमपात सुरु भएको छ । हिमपातसँगै घुम्न गएका स्वदेशी तथा विदेशी पर्यटकहरु अप्ठेरोमा परेका छन् । मुस्ताङको मुक्तिनाथमा बाक्लो हिमपात भएको छ । भर्खरै तिहार सकिएकोले आन्तरिक पर्यटकहरु समेत ठूलो मात्रामा मुस्ताङमै रहेका छन् । र्फकने क्रममा रहेका उनीहरु भिषण हिमपातको चपेटामा पर्न सक्ने जनाइएको […]
माओवादी धारसहितका सबै वामपन्थी शक्तिहरू एकतावद्ध बन्न प्रचण्डको अपिल
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका सबै माओवादी धारासहितका वामपन्थी शक्तिहरूलाई एउटै कम्युनिस्ट पार्टीको झण्डामुनि एकताबद्ध हुन आह्वान गरेका छन्। देशले सामना गरिरहेका जटिल समस्या, राष्ट्रिय स्वाधीनता र लोकतन्त्रमाथि देखिएका चुनौती समाधान गर्न अब वामपन्थी एकता अपरिहार्य भएको प्रचण्डले बताएका छन्। उनका अनुसार राष्ट्रका संकटहरूको समाधान अग्रगामी विचार, […]
नयाँ पुस्ताको हुरीले शासक दलहरूलाई दुई दिनमै उडाइदियो : मेयर प्रजापति
भक्तपुर । भक्तपुर नगरपालिका प्रमुख एवं नेमकिपाका केन्द्रीय सदस्य सुनिल प्रजापतिले हालै भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले दुई दिनमै सत्तारूढ दलहरूलाई उडाइदिएको टिप्पणी गरेका छन् । खोक्रो रुख एक धक्कामै ढल्ने भन्दै उनले भने, “खोक्रो भएका शासक दलहरू दुई दिनमै ढले ।” नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता दलहरू भ्रष्टाचारमा डुबेर सिद्धान्त र […]
छठ पर्वको मुख्य दिन आज, यस्तो छ छठी माताको स्वरुप र पूजा विधि
काठमाडौ । छठ पर्वको मुख्य दिन आज तराई–मधेशसहित देशभर अस्ताउँदो सूर्यलाई ब्रतालुहरुले अर्घ दिएका छन् । सोमबार साँझ घर नजिकका पोखरी, नदी, सरोवर र जलाशयमा पुगेर अस्ताउँदै गरेको सूर्यलाई अर्घ अर्पण गर्दै सूर्यदेव र छठी माताप्रति श्रद्धा र कृतज्ञतापूर्वक पूजाआरधना गरिएको छ। छठ पर्व चार दिनसम्म मनाइने महत्वपूर्ण पर्व हो, जसमा सूर्यदेव र उनकी बहिनी […]
कात्तिक २० मा विप्लवले शक्ति प्रदर्शन गर्ने
काठमाडौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले यही कात्तिक २० गते राजधानी काठमाडौंमा ठूलो प्रदर्शन र सभा गर्ने तयारी गरेको छ। जेन–जी आन्दोलनपछि देशभर तीव्र बनेको राजनीतिक परिस्थितिसँग सम्बन्धित धारणा आम जनतामाझ स्पष्ट पार्ने उद्देश्यले सभा आयोजना गर्न लागिएको नेकपाले जानकारी दिएको छ। नेकपाका महासचिव विप्लवले सोमबार बिहान आफ्नो फेसबुकमा स्टाटस […]
अनिश्चितकालका लागि बन्द हयात होटल शिघ्र संचालनमा ल्याइने
काठमाडौं । ‘जेनजी’ प्रदर्शनका क्रममा आगजनी, तोडफोड र लुटपाट भएपछि अनिश्चितकालीन बन्द घोषणा गरिएको क्षतिग्रस्त हयात होटललाई पुनःनिर्माण गरी शिघ्र सञ्चालनमा ल्याइने भएको छ । होटलका कार्यकारी निर्देशक सुरेशलाल श्रेष्ठले आइतबार एक विज्ञप्ति जारी गर्दै होटल शिघ्र संचालनमा ल्याइने बताएका छन् । भदौ २४ गते भएको घटनाबाट होटलमा व्यापक क्षति पुगेको र पुनर्निर्माण गर्नुपरेको प्रष्ट […]











