जनकपुर । भक्तपुरको सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) का सहायक निर्देशक तथा जनकपुरको बिपी कोइराला प्राविधिक शिक्षालयका प्रमुख गोविन्द पौडेलमाथि नेकपा (बहुमत) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले आइतबार कालोमोसो दलेका छ । कालोमोसो दल्ने क्रममा अखिल (क्रान्तिकारी) का सचिवालय सदस्य तथा मधेश प्रदेश संयोजक आयुश घिमिरे र केन्द्रीय सदस्य तथा सिरहा जिल्ला […]
Tag: शिक्षा
अघोषित लोडसेडिङले सिंहदरबारसमेत अन्धकार, मोबाइलको उज्यालोमा शिक्षा उपसमितिको बैठक
काठमाडौं । संघीय राजधानी काठमाडौंको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार अघोषित लोडसेडिङका कारण अँध्यारोमा डुबेको छ। विद्युत आपूर्तिमा लगातार अवरोध हुँदा आज संसदीय शिक्षा उपसमितिको बैठक मोबाइलको उज्यालोमा चलाउनुपरेको पूर्व सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले सामाजिक सञ्जमा तस्बिर पोस्ट्याउदै सार्वजनिक गरेकी छन् । बैठकमा सहभागी सांसदहरू र अधिकारीहरूले अँध्यारो कोठामा बसेर राष्ट्रिय शिक्षाका विषयमा छलफल […]
असन्तुष्ट राहत शिक्षकहरुको छुट्टै समिति, ९ बुँदे माग पूरा नभए आन्दोलन
काठमाडौँ । सरकार र शिक्षक महासंघबीच भएको सहमतिप्रति असहमति जनाउँदै असन्तुष्ट राहत शिक्षकहरुले छुटै राष्ट्रिय समिति गठन गरेका छन् । महोत्तरीको बर्दिबासमा भेला भएका राहत शिक्षकहरुले विष्णु खत्रीको अध्यक्षमा २९ सदस्यीय नयाँ नेपाल राहत शिक्षक राष्ट्रिय समिति गठन गरेका हुन् । बुधबार अनामनगरस्थित संवाद डबलीमा पत्रकार सम्मेलन गर्दै समिति गठनबारे जानकारी गराइएको हो । पत्रकार […]
शिक्षालाई रोजगारीसँग जोड्न आदिम कलेज र टोक्मा टेक्नोलोजीबीच सहकार्य
काठमाडौँ । सूचना प्रविधि क्षेत्रमा शिक्षालाई रोजगारीसँग जोड्ने उद्देश्यले आदिम कलेज र टोक्मा टेक्नोलोजी प्रा.लि.बीच समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ। सम्झदारीमा आदिम कलेजका प्राचार्य शंकर प्रसाद शर्मा र टोक्मा टेक्नोलोजीका निर्देशक सागर आङदेम्बेले हस्ताक्षर गरे। कलेजका व्यवसाय विकास प्रबन्धक धन बहादुर साउद साक्षीका रूपमा उपस्थित थिए। सहकार्यअनुसार विद्यार्थीलाई इन्डस्ट्री इन्टर्नशिप, संयुक्त अनुसन्धान, पाठ्यक्रम परिमार्जन, […]
मानव वेचविखन र बसाइसराइबारे पाठ्यपुस्तकको परिभाषा अपुरो – पौडेल
काठमाडौ । महिलावादी नेतृ तथा “साहस” पुस्तककी लेखक मीना पौडेलले मानव वेचविखन र बसाइसराइ बारे पाठयपुस्तकमा दिइएको परिभाषालाई नै परिमार्जन गर्नुपर्ने आवश्यकता औल्याएकी छन् । शिक्षा पत्रकार समूहले “पढ्ने बानी बसालौं” श्रृङखला अन्तर्गत शुक्रबार अनामनगरमा गरेको पुस्तक चर्चा कार्यक्रममा बोल्दै उनले मानव बेचविखनको ट्रेन्ड नै बदलिएकोले अव यस्को परिभाषालाई नै परिमार्जन गर्नुपर्ने बताएकी हुन् । […]
सिनामंगलस्थित सेन्ट्रल कलेजमा नि:शुल्क स्वास्थ्य शिविर(फोटो फिचर)
काठमाडौ । काठमाडौको सिनामंगलस्थित सेन्ट्रल कलेजको आयोजनामा शुक्रवार सम्पन्न नि:शुल्क स्वास्थ्य शिविरमा सयौं मानिसले आफ्नो स्वास्थ्य जाँच गराएका छन् । कलेजले तिलगंगा आँखा ईन्स्टिच्युटको सहकार्यमा आँखारोगको जाँच, क्रिस्टल डेन्टल अस्पतालको सहकार्यमा दाँँतसम्बन्धी जाँच र नेपाल नेसनल हस्पिटलको सहकार्यमा सामान्य चिकित्सासम्बन्धी चेकजाँचको प्रवन्ध मिलाएको थियो । स्वास्थ्य शिविरमा कलेजका विद्यार्थी, शिक्षक र कर्मचारी मात्र होइन, अभिभावक […]
भक्तपुरमा प्रश्नपत्र बाहिरिएको सूचना भ्रामक र गलत
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) का परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले आइतबार बिहान ८ बजेबाट सुरु भएको कक्षा १२ को अङ्ग्रेजी विषयको परीक्षा मर्यादित र शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताएका छन् । बोर्डको नाकैनिर भक्तपुरकै एक स्कूलका विद्यार्थीले प्रश्न पत्र परीक्षा अगावै पाएको भन्ने सूचना अफवाह मात्र भएको परीक्षा नियन्त्रक शर्माले […]
देशमै पढ्ने अवसर नहुदाँ प्रिसा र प्रकृतिहरुले ज्यान गुमाउनुपर्यो
ललिता साह, भक्तपुर। विद्यार्थी नेताहरूले नेपालमै पर्याप्त अवसर र मेरिट सिट नहुँदा नेपाली विद्यार्थीहरू अन्य देशका कलेजहरू धाउन बाध्य भएको र त्यसैले प्रिषा शाह र प्रकृति लम्सालजस्ता युवाहरूले ज्यान गुमाउनु परेको बताएका छन्। ‘युथ भिजन’ अन्तर्गत युवा सरोकार विषयक नीतिगत छलफल कार्यक्रममा सहभागी विद्यार्थी नेता र नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले भारतको […]
मण्डनदेउपुरका शिक्षक, कर्मचारी र जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमै पढाउनुपर्ने
काभ्रेपलान्चोक । काभ्रेपलान्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाले विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक तथा कर्मचारीहरू त्यसैगरी नगरपालिका मातहतका कर्मचारीहरू र जनप्रतिनिधिले समेत आफ्ना बालबालिका अनिवार्यरुपमा सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने निर्णय गरेको छ । नगर शिक्षा समितिले सो निर्णय गरेको शिक्षा अधिकृत लोकेन्द्रबहादुर बिष्टले बताएका छन् । शुक्रबार एक सूचनामार्फत शिक्षा अधिकृत बिष्टले गत चैत २६ […]
कक्षा १२ को परीक्षा तालिका र केन्द्रमा कुनै परिवर्तन भएको छैन : परीक्षा नियन्त्रक
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुरका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले कक्षा १२ को परीक्षा बैशाख २१ गते निर्धारित समयमै हुने स्पष्ट पारेका छन् । सामाजिक सञ्जालमा भ्रामक सूचना आइरहेकोले बिहीबार एक बिज्ञप्ति जारी गर्दै परीक्षा नियन्त्रण शर्माले निर्धारित मिति र समयमै परीक्षा सञ्चालन हुने बताएका हुन् । उनले बोर्डको लोगो समेत दुरुपयोग गरी सामाजिक […]