असन्तुष्ट राहत शिक्षकहरुको छुट्टै समिति, ९ बुँदे माग पूरा नभए आन्दोलन

काठमाडौँ । सरकार र शिक्षक महासंघबीच भएको सहमतिप्रति असहमति जनाउँदै असन्तुष्ट राहत शिक्षकहरुले छुटै राष्ट्रिय समिति गठन गरेका छन् । महोत्तरीको बर्दिबासमा भेला भएका राहत शिक्षकहरुले विष्णु खत्रीको अध्यक्षमा २९ सदस्यीय नयाँ नेपाल राहत शिक्षक राष्ट्रिय समिति गठन गरेका हुन् । बुधबार अनामनगरस्थित संवाद डबलीमा पत्रकार सम्मेलन गर्दै समिति गठनबारे जानकारी गराइएको हो । पत्रकार […]

यी हुन् शिक्षक र सरकारबिच भएका ९ बुँदे सहमति

काठमाडौ । आन्दोलनरत शिक्षक र सरकारबीच ९ बुँदे सहमति भएको छ । बुधबार ९ बुँदे सहमति भएको र त्यसलाई मन्त्री परिषदले समेत अनुमोदन गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले बताए । सहमति संगै चैत २० देखि जारी राजधानी केन्द्रीत शिक्षक आन्दोलन स्थगित भएको नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिसोर सुवेदीले जनाएका छन् । यी […]

सरकार र शिक्षकबीचको वार्तामा आज पनि जुटेन सहमति

काठमाडौ । सरकार र शिक्षकबीच मंगलबार भएको वार्ता पनि निष्कर्षमा पुग्न सकेन। सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा रातिसम्म चलेको छलफलबाट कुनै ठोस सहमति जुट्न सकेन। शिक्षामन्त्री रघुजी पन्तको उपस्थितिमा भएको वार्तामा उपप्रधान तथा अर्थमन्त्री र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए। तर वार्ताले फेरि पनि समाधानको बाटो खोल्न सकेन। यसअघि सोमबार साँझ पनि वार्ता भएको थियो। त्यसपछि […]

शिक्षक आन्दोलनको क्रममा घाइते पत्रकारको तत्काल उद्धार गर्ने प्रहरी पुरस्कृत

काठमाडौ । नेपाल शिक्षक महासंघको नेतृत्वमा भइरहेको शिक्षक आन्दोलनको रिपोटिङका क्रममा आइतबार बानेश्वरमा घाइते भएकी पत्रकार सबिना कार्कीलाई तत्काल उद्धार गरी थप उपचारका लागि नजिकको अस्पताल पुर्‍याउन सहयोग गर्ने जिल्ला प्रहरी परिसर, काठमाडौं अन्तर्गत मालीगाउँमा कार्यरत प्रहरी सहायक हवल्दार (प्र.स.ह.) तारा बहादुर घर्तीलाई सम्मान गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौले उनलाई पुरस्कार सहित सम्मान गरिएको […]

सरकारले घुसपैठी पठाएर शिक्षकमाथि लाठी बर्सायो : अध्यक्ष सुवेदी

काठमाडौ । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिसोर सुवेदीले सरकारले घुसपैठी पठाएर शिक्षक माथि लाठी बर्साएको बताएका छन् । आफूहरू कलम बोकेर आन्दोलनमा आएको तर सरकारको बन्दुक संग पनि नडराउने उनले उद्घोष समेत गरे । शिक्षक आन्दोलनको इतिहास पढ्न आग्रह गर्दै उनले शिक्षकहरु अन्याय सहेर नबस्ने बताए । अध्यक्ष सुवेदीले प्रहरी दमनपछि आन्दोलनरत शिक्षकहरुलाई आन्दोलन स्थलमा […]

सरकारलाई सर्वोच्चको आदेश- शिक्षकलाई तीन दिन भित्र फर्कने वातावरण बनाउनु

काठमाडौ । गत चैत २० देखि काठमाडौमा अनिश्चितकालीन आन्दोलन गरिरहेका शिक्षकहरुलाई विद्यालय फर्कने वातावरण बनाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।  न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले सो आदेश जारी गरेको हो । आदेशमा आन्दोलनरत शिक्षकहरूको जायज माग तथा संवैधानिक अधिकारको सम्बोधन सम्बन्धमा सरकार पक्षले आवश्यक निर्णयका लागि निर्देशन दिइएको छ । “आदेश प्राप्त भएको मितिले […]

शिक्षा सचिव हावी हुँदा एकदिन पनि टिकेन परीक्षा बोर्डको निर्णय

भक्तपुर । बिहीबारबाट शुरु हुने भनिएको कक्षा १२ को परीक्षा अन्तिम समयमा आएर सरेको छ । राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बेलुकी सानोठिमीमा बसेको बैठकले परीक्षा बैशाख २१ गतेदेखि शुरु गर्नेगरी सार्ने निर्णय गरेको हो । मंगलबार बिहान परीक्षा नसार्ने भन्दै गरेको निर्णयबाट पछि हट्दै परीक्षालाई बैशाख २१ गतेबाट शुरु गर्ने निर्णय गरिएको बोर्डका अध्यक्ष डा […]

कक्षा १२ को परीक्षा रोकिँदैन : अध्यक्ष डा शर्मा

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले बैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने भएको छ । बोर्ड बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो । मंगलबार बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको जानकारी गराउदैँ अध्यक्ष डा महाश्रम शर्माले परीक्षा निर्धारित मितिमै हुने बताए । “कक्षा १२ को परीक्षा निर्धारित मितिमै सञ्चालन […]

शिक्षा मन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सोमबार पदबाट राजीनामा दिएकी छन् । पछिल्लो समय शिक्षक आन्दोलनको चर्को दबाबका बीच उनको राजीनामा आएको हो। सरकारले विद्यालय शिक्षा ऐन ल्याउनुपर्ने लगायत माग राख्दै नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षकहरूले राजधानी केन्द्रीत आन्दोलन गर्दै आएका छन् । चैत २० गतेदेखि काठमाडौं केन्द्रीत शिक्षकहरूको विरोध प्रदर्शन जारी […]

कक्षा १२ को परीक्षा स्थगित नभएको परीक्षा बोर्डद्वारा स्पष्ट, हेर्नुस् विज्ञप्ति

सानोठिमी । भक्तपुरको सानोठिमीस्थित राष्ट्रिय परीक्षा बोर्डले एक सूचना प्रकाशित गर्दै कक्षा १२ को वार्षिक परीक्षा यहीँ २०८२ साल वैशाख ११ गतेदेखि सञ्चालन हुने कार्यक्रम यथावत रहेको स्पष्ट पारेको छ । परीक्षा सञ्चालन स्थगित भन्दै प्रचारित भ्रामक सूचनाको पछि नलाग्न आग्रह गर्दै बोर्डले शुक्रबार एक विज्ञप्तिमार्फत परीक्षा निर्धारित मितिमै हुने स्पष्ट पारेको हो । विभिन्न […]