माओवादी नेतृत्वको महाभारत बन्यो बेरुजु नै नभएको देशकै एकमात्र पालिका

काभ्रे । देशभरका ७ सय ५३ स्थानीय तहमध्ये काभ्रेको महाभारत गाउँपालिका बेरुजु नभएको एकमात्र पालिका बन्न सफल भएको छ । गत आर्थिक वर्षमा पनि शून्य बेरुजु रहेको महाभारतले त्यसलाई निरन्तरता दिदैँ शून्य बेरुजु कायम गर्न सफल भएको हो । महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदनले महाभारत गाउँपालिकामा बेरुजु नै नभएको पुष्टि भएको हो । आर्थिक बर्ष ०८०/०८१ […]

रोशीले रोकेको बिपी हाइवे सुचारु

काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको रोशी-१२ माम्तिमा रोशी खोलाले डाइभर्सन बगाउँदा सोमबार रातिदेखि अवरुद्ध बिपी राजमार्ग सुचारु भएको छ ।  रोशी खोलामा आएको बाढीले राजमार्गमा डाइभर्सन बगाउँदा गएराति करिब ९ बजेदेखि नै यातायात अवरुद्ध भएको थियो ।  इलाका प्रहरी कार्यालय, मंगलटारले सडक बिभाग, प्रहरी, स्थानीय तह र सरोकारवाला निकायहरूको सहकार्यमा राजमार्ग खुलाउन सफल भएको बताएको छ।  […]

ट्रिपर पल्टिँदा गयो चालकको ज्यान

काभ्रेपलान्चोक । आइतबार बिहान काभ्रेको मण्डनदेउपुर- ७ इन्द्रावती खोलाको बगरमा बालुवा लोड गरी फर्किने क्रममा टिपर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । बा ४ ख ३३६६ नम्बरको टिपर आइतबार बिहान करिब ३ बजेको समयमा उल्टो ब्याक भई सडकबाट अन्दाजी १ सय मिटर तल पल्टिँदा टिपर चालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको हो […]

मण्डनदेउपुरका शिक्षक, कर्मचारी र जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमै पढाउनुपर्ने

काभ्रेपलान्चोक । काभ्रेपलान्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाले विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक तथा कर्मचारीहरू त्यसैगरी नगरपालिका मातहतका कर्मचारीहरू र जनप्रतिनिधिले समेत आफ्ना बालबालिका अनिवार्यरुपमा सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने निर्णय गरेको छ । नगर शिक्षा समितिले सो निर्णय गरेको शिक्षा अधिकृत लोकेन्द्रबहादुर बिष्टले बताएका छन् । शुक्रबार एक सूचनामार्फत शिक्षा अधिकृत बिष्टले गत चैत २६ […]

काभ्रेका जिसस प्रमुख पक्राउ, आजबाट हुने भनिएको युवा महोत्सव स्थगित

काभ्रेपलान्चोक । काभ्रेका जिल्ला समन्वय समिति प्रमुख दीपककुमार गौतम पक्राउ परेका छन् । बैंकिङ कसुर सम्बन्धी मुद्दामा जिसस प्रमुख गौतम पक्राउ परेका हुन् । प्रहरीले गौतमलाई पक्राउ गरी आवश्यक अनुसन्धानका लागि बानेश्वर प्रहरी बृत्तमा राखेको बताइएको छ । बुधबार प्रहरीले काठमाडौबाट उनलाई पक्राउ गरेपछि आज बिहीबारबाट काभ्रेमा हुने भनिएको युवा महोत्सव समेत स्थगित भएको छ […]

गाडी ब्याक गर्ने क्रममा गयो आफ्नै छोरीको ज्यान

काभ्रे । काभ्रेको बनेपा-४ त्रिवेणी चोकमा रहेको शुभकामना सप्लायर्स (गिटि वालुवा डिपो) भित्र बा ४ ख ८५९२ नम्बरको महेन्द्र निशान गाडी ब्याक गर्ने क्रममा एक बालिकाको ज्यान गएको छ । सोहि गाडि चालक जिल्ला सिन्धुली गोलान्जोर गा.पा. १ घर भइ हाल जिल्ला काभ्रे बेनपा न.पा. ४ बस्ने वर्ष ३० को सरोज बरालको छोरी अन्दाजी वर्ष […]

काभ्रेको तेमालस्थित कालीदेवी प्राविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

काभ्रे । काभ्रे जिल्लाको तेमाल गाउँपालिका-३ कुँडुवालमा अवस्थित कालीदेवी प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई Higadoc Nepal भन्ने सामाजिक संस्थाले शैक्षिक साामग्री वितरण गरेको छ । एक कार्यक्रमका बीच Higadoc Nepalका अध्यक्ष प्रभात लामासहितले विद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् ।   संस्थाले विद्यार्थीहरुलाई कम्प्युटर, झोला, स्टेशनरीसहित इन्टरनेट जडानका लािग चाहिने सम्पूर्ण सामग्री हस्तान्तरण गरेको संस्थाका अध्यक्ष प्रभात […]

काभ्रेको मण्डनदेउपुर र जापानको फुजिनोमिया नगरबीच भगिनी सम्बन्ध स्थापना

काभ्रे । काभ्रेको मण्डनदेउपुर नगरपालिका र जापानको फुजिनोमिया नगरबीच भगिनी सम्बन्ध स्थापना भएको छ । भगिनी सम्बन्धका लागि मण्डनदेउपुरको विशेष निमन्त्रणामा जापानको फुजिनोमिया नगरका मेयर हितेतादा सुदो तथा नगर प्रमुख टोकबहादुर वाइबाले सम्झौतापत्रमा आइतबार हस्ताक्षर गरे । नगर कार्यपालिकाको कार्यालयमा आयोजित औपचारिक कार्यक्रममा दुवै मेयरले भगिनी सम्झौताले मण्डनदेउपुर र फुजिनोमिया नगरबीच धार्मिक, सांस्कृतिक तथा पर्यटकीय साझेदारीलाई […]

नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा पक्राउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालयबाट जारी भएको स्नातक र स्नातकोत्तर तहको नक्कली प्रमाणपत्रहरू सहित एक ब्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्ने ब्यक्ति काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-५ श्रीखण्डपुर बस्ने ४८ वर्षीय विकास श्रेष्ठ हुन् । उनलाई नक्कली प्रमाण पत्र लिएको आरोपमा सोमबार नै प्रहरीले पक्राउ गरेको हो । श्रेष्ठको साथमा त्रिभुवन विश्वविद्यालयबाट जारी भएको स्नातक र स्नातकोत्तर […]

प्रेस सेन्टर काभ्रेमा ढकालको नेतृत्वमा नयाँ कार्यसमिति

काभ्रे । प्रेस सेन्टर नेपालको काभ्रेपलाञ्चोक जिल्ला शाखामा नयाँ नेतृत्व चयन भएको छ । बनेपामा सम्पन्न पाँचौं अधिवेशनबाट रामप्रसाद ढकालको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो । कार्यसमितिको उपाध्यक्षमा सुरज श्रेष्ठ र महिला उपाध्यक्षमा मायालु लामा रहेका छन् । सचिवमा चित्रप्रसाद घिमिरे (हरिहर), सह सचिवमा प्रशान्त बन्जारा र समावेसी सहसचिवमा बिजय जिम्बा रहेका छन् […]